सर्वोत्तम सिमेन्टको सेयर प्रकरण: अर्थमन्त्रालयले नेप्सेसँग पनि माग्यो स्पष्टिकरण

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरीद प्रकरणबारे नेपाल स्टक एक्सचेन्जसंग  स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न बिहीबार पत्र काटेको हो ।  

विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका नेप्सेसँग सम्वन्धित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै ती विषयवस्तुबारे सत्य तथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

Advertisement

बुक बिल्डिङ विधिबाट पहिलो पटक आईपीओ निष्काशन गर्न लागेको उक्त कम्पनीको ११ हजार कित्ता सेयर नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भीष्म ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा, बोर्ड सञ्चालक समितिका सदस्यसमेत रहेका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफ्नो भाइ हेमराज ढकालको नाममा र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रवन्धक चन्द्रसिंह साउदले आफ्नो श्रीमती सुशीलाकुमारी बोहोराको नाममा खरीद गरेको प्रमाण फेला परेपछि अहिले सेयर बजारमा चर्चा र आलोचना भइरहेको छ । 

मन्त्रालयले आजै सेबोनलाई पनि ३ दिन भित्र  स्पष्टिकरण पेश गर्न पत्र काटेको थियो । 

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणबारे अर्थमन्त्रालयले धितोपत्र बोर्डसँग माग्यो स्पष्टिकरण

 

Advertisement

Advertisement