मानवअधिकारको कुरा गरेपछि चीनमा एक उद्योगपतिलाई १८ बर्ष जेल सजाय

Advertisement

काठमाडौं । मानवअधिकार र राजनीतिक विकृतिविरुद्ध आवाज उठाएपछि चीनले एक आफ्ना अर्बपति उद्योगीलाई १८ बर्षको जेल सजाय दिएको छ । सन दावू नाम गरेका उनी उत्तरी हबेई प्राप्तमा कृषि व्यवसाय गर्ने उद्योगपति हुन् । 

चीनमा अरु कुरामा स्वतन्त्रता भए पनि राजनीतिक विषयमा भने बोल्न त्यहाँको कम्युनिष्ट सरकारले प्रतिवन्ध लगाएको छ । यसरी बोल्नेलाई निकै कडा सजाय दिने गरेकोमा पछिल्लो शिकार सन दावू भएका छन् । 

Advertisement

हक्की स्वभावका ६७ वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूबारे बोलेपछि यस्तो कडा सजाय दिइएको बीबीसीले जनाएको छ । 

उनीमाथि समाजमा झैझगडा शुरू गरेर समस्या निम्त्याएको आरोप लगाइएको छ। यस्तो आरोप प्रायः अरु अधिकारकर्मीहरूमाथि पनि लगाउने गरिन्छ । चीन सरकारले सन दावूमाथि गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको, सरकारी मजदुरहरूको काममा अवरोध सिर्जना गरेको जस्ता आरोप पनि लगाएको छ । 

चीनकै ठूला धनाड्यमध्येका एक सनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि गरिएको छ । उनलाई गत बर्ष नै गिरफ्तार गरिएकोमा अहिले सजाय सुनाइएको हो । सनसँगै पक्राउ गरिएका कतिपय मजदुरलाई घाइते बनाइनुका साथै अपमान गरिएको समाचार छ ।

Advertisement

Advertisement