शिखर अर्गनाइजेसनमा खेलाडीलाई अनुसाशन अधिकृतको रोजगारी, दुई हजार खेलाडीलाई अवसर दिइने

Advertisement

काठमाडौं । नेपाली व्यवसायीक समूह शिखर अर्गनाइजेसनले बुदोकैदो मार्सलआर्टसका १२ खेलाडीलाई आफ्ना उद्योगमा रोजगारी दिएको छ । काठमाडौंको दशरथ रंगशालामा बिहीवार आयोजित एक विशेष कार्यक्रमकाबीच संस्थाका अध्यक्ष केदारनाथ शर्माले सात प्र्रदेशमा रहेका आफ्ना विभिन्न उद्योगहरूमा काम गर्ने गरी खेलाडीहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

अध्यक्ष शर्माका अनुसार रोजगारी पाएका खेलाडीहरूले उद्योगहरूमा डिसिप्लेन अफिसर (अनुसाशन अधिकृत) का रूपमा काम गर्नेछन् । सँगै उनीहरूले सम्बन्धित प्रदेश अन्र्तगतका जिल्लामा बुदोकैदो मार्सलआर्टसको तालिम सञ्चालन गरेर त्यहाँ यो खेलका लागि नयाँ खेलाडी तयार गर्नेछन् ।

Advertisement

‘खेलाडीहरूलाई जीविकामा सहयोग पुगोस र प्रोत्साहन होस्, नेपालको खेलक्षेत्रको विकासका लागि पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खेलाडीहरूलाई रोजगारी दिइएको अध्यक्ष शर्माले बताए । उनका अनुसार शिखर अर्गनाइजेसनले दुई वर्ष भित्र आफ्ना अन्य उद्योग तथा कम्पनीहरूमा दुई हजार खेलाडीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने छ ।

बुदोकैदो मार्सलआर्टस नेपालमा विकास गरिएको खेल हो । नेपाल बाहेक विश्वका केहि मुलुकमा समेत यो खेल खेलाइने गरिएको छ । व्यवसायीक घरानाबाट खेलाडीहरूलाई रोजगारीको अवसर सिर्जना हुँदा आफूहरु निकै उत्साहित भएको खेलाडी योगेन्द्र बोहोराले बताए ।

रोजगारी पाएकी खेलाडी शान्ति लामाले खेल खेलेर काम पाइँदैन समय मात्रै बर्वाद हुन्छ भन्नेहरूको भिडमा शिखर अर्गनाइजेसनले खेलाडीलाई रोजगारी दिएर सह्रानिय काम गरेको बताउँदै भन्दै खुशी व्यक्त गरिन् ।

बुदोकैदो मार्सलआर्टसका अध्यक्ष काजीमान श्रेष्ठले खेलाडीहरूका लागि यसरी राम्रो सुविधा सहित रोजगारीको अवसर सिर्जना हुँदा यसले नेपालमा विकास गरिएको बुदोकैदो मार्सलआर्टसलाई विश्वभरी चिनाउन सहयोग पुग्ने बताए ।

शिखर अर्गनाइजेशनले उपकार ब्राण्डमा चामल, दाल, तेल, विस्कुट, चिया, अचार, मह, खानेपानी लगायतका खाद्य सामग्रि तथा कृषि उपकरणहरूको उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । 
 

Advertisement

Advertisement