सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद बिक्री विवादः कस्को नाममा कति ? (विवरणसहित)

Advertisement

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रयास गरिरहेको सर्वोत्तम सिमेन्ट प्रालिको संस्थापक सेयर खरिद बिक्री विवादमा यस कम्पनीको सेयर खरीद गर्नेहरूको नाम सार्वजनिक भएको छ । 

धितोपत्र नियामक निकायकै उच्च अधिकारीका परिवारबाट शंकास्पद ढंगले सेयर खरीद बिक्री भएको देखिएपछि यो चर्चा र आलोचनाको विषय बनिरहेको छ । यस्ता अधिकारीका आफन्तलाई ओटीसी मार्केटबाट सेयर बिक्री गर्ने सम्बन्धमा सर्वोत्तम सिमेन्टको सञ्चालक समितिले निर्णय गरेको कागजात फेला परेको हो ।

Advertisement

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेको नेतृत्वमा नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहेका बोर्डका सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख चन्द्रसिंह साउदको परिवारको सदस्यलाई सेयर बिक्री गरिएको देखिन्छ । 

दस्तावजमा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले ४ जनालाई सेयर बेचेर एक जनाबाट फेरि सेयर खरिद गरेका छन् । यस दौरान उनले चन्द्र ढकालका भाई हेमराजको नाममा दुई लाख कित्ता सेयर बिक्री गरेका छन् । हेमराज अहिले नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत भएका छन् । यो खरीद बिक्रीलाई सर्वोत्तमको सञ्चालक समितिले अनुमोदन गरेको छ । 

त्यसैगरी बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरी रेबिकालाई १० हजार, नेप्से प्रमुख चन्द्रसिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोरालाई १० हजार बिक्री गरिएको छ । सर्वोत्तमका अध्यक्ष विष्णु न्यौपानेले बिक्री गरिसकेको सेयरमध्ये १० हजार कित्ता सेयर शिखा अग्रवालबाट पुनः खरीद गरेको देखिन्छ । यस्तो छ किनबेचको विवरणः 

Advertisement

Advertisement