सत्र लाख २३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा १७ लाख २३ हजार ८ सय ७८.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

यो साता १ फाइनान्स कम्पनी, १ बीमा कम्पनी र १ हाइड्रो पावर कम्पनीको उक्त परिमाणको शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा गत सोमबार सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८.५०१३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई दिएको ७ प्रतिशत बोनस बापतको ७ लाख ५७ हजार ५ सय कित्ता बोनस शेयर पनि सोमबार नै सूचीकृत भएको हो । 

त्यसैगरी गत मंगलबार नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले शेयरधनीहरुलाई दिएको १५ प्रतिशत बोनस बापत ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement