अर्थसचिवमा मरासिनी आए, ढुंगाना र अर्याल प्रधानमन्त्री कार्यालय

Advertisement

काठमाडौं । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । यसअघि सहचिव हुँदा पनि लामो समय अर्थमा बसेर सरुवा भएका मरासिनीलाई अहिले सचिवको रुपमा ल्याइएको हो । 

उनी यसअघि महालेखा नियन्त्रक थिए । मन्त्रिपरिषदको साउन १२ गते बसेको बैठकले केही मन्त्रालयमा सचिव सरुवा गरेको हो । यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । 

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मन नपरेका सचिव तथा सहसचिव राख्ने ठाउँ बन्दै आएको छ । 

Advertisement

Advertisement