पुनरकर्जा पाउनेमा पर्यटनका ९२ होटल र सात ट्राभल मात्रै, कसले लगे २१ अर्ब ?

Advertisement

काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा प्रभावित भएको र अति प्रभावित मध्येको पर्यटन क्षेत्रले सरकारले दिएको पुनरकर्जाको सुविधा जम्मा ९२ होटल र सात ट्राभल एजेन्सीले मात्रै पाएको खुलेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–७८ को तथ्यांक अनुसार पर्यटन क्षेत्रले ग्राहक ऋणीअनुसार स्वीकृत गरिएको पुनरकर्जा क्षेत्रगत विवरणअनुसार सबैभन्दा बढि प्रवाह भएकोमा पर्यटन क्षेत्र नै रहेको छ ।

यो क्षेत्रले ग्राहक ऋणीअनुसार स्वीकृत भएको ४६ अर्ब रुपियाँको कुल कर्जामध्ये ४७ प्रतिशत पाएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार असार मसान्तसम्म पर्यटन क्षेत्रले २१ अर्ब ८० करोड २२ लाख रुपियाँ पुनरकर्जा लिएको देखिन्छ ।

Advertisement

पर्यटनका समग्र क्षेत्रमध्ये सबैभन्दा बढि पुनरकर्जा पाउनेमा ठूला र स्तरीय होटल छन् । साना पर्यटन व्यवसायीको धितो राख्ने सम्पती नहुने र बैंकले नपत्याएका कारण सम्पत्ति भएका र ऋणको कारोबार गरिरहेका व्यवसायीलाई मात्रै बैंकले पत्याएको देखिएको छ ।

होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यका अनुसार विभिन्न पर्यटकीय स्तरदेखि पाँचतारेसम्मका ९२ होटलले मात्रै करिब १६ अर्ब रुपियाँ पुनरकर्जा लिएका छन् । पर्यटनका अन्य क्षेत्रले पुनरकर्जा पाउनसमस्या रहेको, पुनरकर्जा नपत्याएको र धितो खोजेकोले होटल क्षेत्रले पाउँदा अन्य पर्यटकीय गतिविधिका क्षेत्रले कर्जा नपाएको देखिएको हो । 

राष्ट्र बैंकको विवरणअनुसार सात वटा मात्रै ट्राभल एजेन्सी र आठ वटा एयरलाइन्सले पुनरकर्जा पाएका छन् । ट्राभल एजेन्सीमा पनि ठूला दुई वटा ट्राभल एजेन्सीले मात्रै २० करोड रुपियाँ ऋण पाएका छन् । अन्य पाँच वटाले भने दुई करोडदेखि १५ करोडसम्म लिएको पनि तथ्यांकमा देखिएको छ ।

पुनरकर्जा पाउने ट्राभल एजेन्सीमा एक्प्लोर हिमालय, युनिभर्सल टुर्स, हार्भेष्टमुन, सत्यम, नागरिक यातायात, ओशो वल्ड र सुमेघ मात्रै छन् । पर्यटन क्षेत्र बढि प्रभावित भए पनि प्रक्रिया पुर्याउन नसकेका कारण र बैंकले नपत्यका कारण अरु साना व्यवसायीले कर्जा पाउन सकेका छैनन् ।

एयरलायन्समा भने आठ वटाले मात्रै यस्तो पुनरकर्जा लिएका छन् । एउटा समिट एयरले भने व्यवसायिक निरन्तरताको कर्जा लिएको छ । पुनकरर्जा लिने वायुसेवामा श्री एयरलाइन्स, सिम्रिक एयर, बुद्ध एयर, फिस्टेल एयर, तारा एयर, यती एयरलाइन्स, वायुसेवामा फिस्टेल एयर नामक हेलिकप्टरले मात्रै सात करोड पुनकरर्जा लिएका छन् भने अन्य वायुसेवा सबैले २० करोड रुपियाँ पुनरकर्जा पाएका छन् ।

बाह्र व्यवसायीलाई मात्रै व्यवसायिक निरन्तरताको कर्जा
राष्ट्र बैंकले व्यवसायिक निरन्तरता कर्जा भने जम्मा १२ वटा व्यवसायीलाई मात्रै स्वीकृत गराएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ २०७८ सम्मको तथ्यांकअनुसार चार वटा वाणिज्य बैंकबाट जम्मा १२ जनाले मात्रै यस्तो कर्जा पाएका छन् ।

नेपाल इन्भेष्टमेन्टले तीन, एभरेष्टले तीन, सेन्चुरी कमर्सियलले पाँच र नेपाल बैंकले एक व्यवसायीलाई मात्रै व्यवसायिक निरन्तरताको कर्जा स्वीकृत गरेको पाइएको छ । व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ ढिलो आएको र व्यवासायीले आवश्यक प्रक्रिया पुर्याएर ऋण लिन आउने क्रम विस्तारै बढ्दै जाने गरेकोले पनि जेठसम्ममा १२ वटा व्यवसायीको मात्रै तथ्यांक देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । 

उनले भने अब यसले निरन्तरता पाउने र यो वर्ष पनि उक्त कार्यक्रम जारी हुने हुँदा यस्तो सेवा लिने व्यवसायी बढ्न सक्ने बुझाई पनि ढकालको छ ।

यस्तो छ पुनकरर्जाको विवरण 

Advertisement

Advertisement