आफ्नो भएको सबै जग्गा आविष्कार केन्द्रलाई दान गरेर महावीर पुन जनताको शरणमा

Advertisement

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफ्नो सम्पूर्ण जग्गा केन्द्रलाई दान गरेर जनतको शरणमा जाने घोषणा गरेका छन् । म्याग्सेसे पुरस्कार विजेता पुनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो नाममा भएको सम्पूर्ण जग्गा केन्द्रको नाममा दान गर्ने घोषणा गरेका हुन् । 

उनले पोखरामा रहेको आफ्नो नामको झण्डै तीन करोड मूल्यको २८ रोपनी जग्गा अति आवश्यक परेमा बिक्री गर्ने नभए केन्द्रको अनुसन्धानका लागि प्रयोग गर्ने बताएका छन् । पुनले आफू सरकारको ढोका छोडेर जनताको ढोकामा गईसकेको अवस्थामा र आफ्नो बचेको समय पनि दान गर्छु भनेको बेलामा २८ रोपनी जग्गा पनि दान गरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement