बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टियो, तीन जना बेपत्ता

Advertisement

काठमाडौं । कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् । आइतबार दिउसो कैलालीको रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाने क्रममा डुंगा दुर्घटनामा पर्दा उनीहरू बेपत्ता भएका हुन् । 

बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । डुंगामा १० जना सवार रहेको पाँच जनाको सकुशल उद्दार र दुई जना घाइते भए पनि तीन जना बेपत्ता भएका हुन् । 

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका छोरा रहेका छन् । 

Advertisement

Advertisement