ज्योति विकास बैंकले सार्वजनिक गर्यो ‘ज्योति स्मार्ट सेभिङ्ग्स’ बचत खाता योजना

Advertisement

काठमाडौँ । ज्योति विकास बैंकले ‘ज्योति स्मार्ट सेभिङ्ग्स’ बचत खाता योजना सार्वजनिक गरेको छ । 

बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको हो । 

Advertisement

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु पाउन सक्नेछन्: 

– निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क  
– निःशुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क 
– निःशुल्क सि-आस्वा 
– निःशुल्क मोबाईल बैंकिङ सेवा 
– निःशुल्क इन्टरनेट बैंकिङ सेवा 
– निःशुल्क डेबिट कार्ड । 

साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरु पनि रहेका छन् । ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १० प्रतिशत शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । 

ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।  बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 

Advertisement

Advertisement