विदेशीको औषत बसाई अवधि बढ्यो, जीडीपीमा दुई प्रतिशतको योगदान दिनेको अधिकांश सूचक नकारात्मक

Advertisement

काठमाडौं । कोरोना महामारीको कारण गत वर्ष सन् २०२० को सुरुवातदेखि नै विश्वभर नै पर्यटक आगमन नकारात्मक भएको र त्यसको प्रभाव नेपालमा पनि परेको छ । महामारीकै कारण नेपालमा पर्यटक आगमन पहिलोपटक ८१ प्रतिशतले नकारात्मक भएको छ ।

पर्यटक आगमन घटेको भएपनि सन् २०२० मा पहिलोपटक विदेशीको औसत नेपालमा बसाई अवधि भने १८ प्रतिशतले बढेको छ । सन् २०१९ मा नेपालमा जम्मा १२.७ दिन मात्रै पर्यटकको बसाई अवधि भएपनि सन् २०२० मा भने १५.१ प्रतिशत पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

Advertisement

नेपालमा पर्यटक आगमनको अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी समयको औसत बसाई अवधि पुगेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सन् १९९४ पछिदेखि राखिएको पर्यटक आगमनको तथ्यांकमा सबैभन्दा बढी औसत बसाई २०२० मा नै भएको देखिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पर्यटक आगमनसहित अधिकांश सूचक भने नकारात्मक भएको देखिएको छ । पर्यटक आगमको औसत बसाई, प्रतिदिन गर्ने खर्च बढेको छ । गत वर्ष सन् २०२१ मा  नेपाल आएका विदेशीले गर्ने औसत खर्च ४८ डलर मात्रै रहेको थियो । यस्तो खर्च ३५.४ प्रतिशतले बढेर सन् २०२० मा ६५ डलर पुगेको पनि तथांकले देखाएको छ । यो बाहेक पर्यटकीय सेवाका संस्थाहरू होटल ट्रेकिङ तथा ट्राभलसहितको पर्यटकीय सेवाका गतिविधिको दायरा भने बढेको देखिएको छ ।

चीनलाई पछाडि थकेल्दै म्यानमार दोस्रो स्थानमा
नेपालमा पर्यटक आगमन भारतपछि दोस्रो स्थानमा चीन देखिएपनि गत वर्ष सन् २०२० मा भने म्यानमानर अगाडि आएको छ । म्यानमारमा प्रवद्र्धन बढाएको र हिमालय एयरलायन्सले नियमित उडान सुरु गरेकोले पनि नयाँ गन्तव्य उदाएको नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए । उनले भने ‘पर्यटन बोर्डले नयाँ गन्तव्यको प्रवद्र्धन गरेको र उक्त मुलुकमा टूर प्याकेजको प्रवद्र्धन गरेको पनि उनले बताए ।

गत वर्ष सन् २०२० को सुरुवातदेखि नै पर्यटक आगमन कम हुँदै गएको चीनसँगको उडान एकैपटक ठप्प हुँदा अन्य मुलुक र ट्रान्जिन पर्यटक मात्रै आएको समयमा म्यानमारबाट आउनेको संख्या भने बढेको देखिएको थियो । 

नेपालमा विदेशीको औसत बसाई अवधि

Advertisement

Advertisement