आज (साउन १८)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, सेयर कारोबार ?

Advertisement

आज २०७८ साल श्रावण महिनाको १८ गते सोमबार, श्रावण कृष्णपक्षको नवमी तिथि । आज साउनको सोमबार भगवान शिवजीको विशेष पूजा, आराधना तथा व्रत बस्ने दिन रहेको छ । 

मेष 
पेशागत जीवन सकारात्मक रहने छ । शेयर बजारमा धेरै जोखिमपूर्वक अघि बढ्ने समय रहेको छैन् । बाणि प्रियताको अभाव हुने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा नरमपना विकास हुने छ । जसले गर्दा अरु व्यक्तिहरुले पनि सहजतापूर्वक व्यावहार गर्ने छन् । पैतृक धन सम्पत्तिका विषयमा झैझगडा तथा बिबाद देखा पर्ने छन् । 

Advertisement

वृष
पेशागत जीवन औसत रहने छ । शेयर बजार सकारात्मक बन्ने छ । मन धेरै चञ्चल हुने भएकाले मन नियन्त्रित गर्ने प्रयास गर्नु होला । आत्मविश्वासी व्यक्तित्व हुने छ । भौतिक सुखका साधनहरु प्रयोग गर्न पाएता पनि मनमा सन्तोषपनाको अभाव हुन जाने छ । साझेदारीमा गरिएका काममा समस्याहरु देखा पर्न जाने छ । आम्दानीमा केही बृद्धि हुने छ । 


मिथुन 
भाग्यको साथ नदिएकाले धेरै जोखिमले भरिएका कार्य भन्दा औसत कार्यलाई निरन्तरता दिनु ठिक हुने समय छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक हुने छैन् । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । चतुरताको कमि हुन जाने छ । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । 

कर्कट
पेशाप्रति समर्पित हुने व्यक्तित्व हुने छ । शेयर बजार औसत प्रकृतिको रहने छ । समय संयमित रह पाइला चाल्नु पर्ने खालको देखिन्छ । मनोबल कमजोर बन्ने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । निर्णय क्षमतामा पनि कमि आउँदा स–साना विषयमा पनि निर्णय लिन कठिन हुने छ ।

सिंह
पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द देखा पर्ने छ । शेयर बजार सकारात्मक रहन जाने छ । औसतमा समय संयमित रहनु पर्ने खालको छ । सुख सन्तोषको अभाव महशुस हुने छ । घर घडेरीका विषयमा घाटा व्योहर्नु पर्ने समय रहेको छ । शारीरिक रुपमा चोट पटक तथा स्वास्थ्य समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउने छ । 

कन्या
साझेदारीका कामहरुमा कठिनाई उत्पन्न हुन पुग्ने छ । अन्यको हकमा पेशागत जीवन औसत प्रकृतिबाट गुज्रने छ । शेयर बजारको प्रतिफल पनि औसत प्रकृतिको नै रहने देखिएको छ । मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा बिबादहरु देखा पर्ने भएकाले संयमित रहनु होला । 

तुला
साझेदारीमा गरिएका कामहरुमा सकारात्मक नतिजाहरु देखा पर्ने छन् । आफु आवद्ध कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने खालको समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । सकभर बादबिबादमा नजानु नै उपयुक्त हुने छ । शेयर बजार अनुकुल रहने छैन् । जीवनसाथिको आड भरोसामा कार्यहरु गरेमा उक्त कार्य प्रतिफलमुखी बन्ने देखिएको छ । 

वृश्चिक
पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले संयमित भएर पाईला चाल्नु नै उपयुक्त हुने छ । शेयर बजार औसत प्रकृतिको हुने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले समयमा निर्णयहरु लिन कठिनाई हुने छ । मनमा पनि नकारात्मक विचारले डेरा जमाउने भएकाले यस्ता विचार नियन्त्रणको प्रयास गर्नु होला । भाग्यको साथ नभएकाले धेरै संघर्षबाट थोरै मात्र प्रतिफल प्राप्त हुने छ । 

धनु 
संयमित भएर अघि बढ्नु पर्ने समय छ । पेशागत जीवनमा पनि विभिन्न आक्षेपहरु लाग्न सक्छन् । शेयर बजार भने अनुकुल रहने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुन सक्ने छैन् । भित्रि बुद्धिको सक्रिय हुन नसक्दा निर्णय क्षमतामा पनि गिरावट देखा पर्ने छ । बाणिमा असाध्यै रुखोपना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला । 

मकर 
पेशागत जीवनमा केही नसोचेका समस्याहरु देखा पर्न जाने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबादका क्रम देखा पर्ने छ । शेयर बजार भने सकारातमक रहने छ । दृढ खालको व्यक्तित्व बन्ने छ तर अरुले अलि कडाखालको अनुभुत मात्र गर्ने भएकाले ध्यान दिनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला । 

कुम्भ 
पेशागत जीवनमा संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि गिरावटहरु देखा पर्ने छन् । शेयर बजार औसत खालको हुने छ । मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउँदा कार्य क्षमतामा पनि कमि देखिन जाने छ । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

मीन
पेशागत क्षेत्र औसत प्रकृतिको रहने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा सामान्य देखिएता पनि ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा समय केही जोखिमपूर्ण देखिन्छ । शेयर बजारमा पनि धेरै जोखिम मालेर अघि बढ्न मिल्ने समय रहेको देखिँदैन् । बोणीमा भने नरमपना देखिने हुँदा अरुको तपाई प्रतिको धारणामा सकारात्मकता थपिने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०) 

Advertisement

Advertisement