लघुवित्त विश्लेषणः  दर्जन लघुवित्तको नाफासहितका सूचक उत्साहजनक, एउटाको भने घट्यो

Advertisement

काठमाडौं ।  हाल बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने चटारो छ । साउन १५ गतेसम्म आउँदा बाणिज्य बैंक एउटा, विकास बैंक दुई वटा, र आधा दर्जनभन्दा धेरै लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७७–७८को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

आइतबारसम्म डिप्रोक्स लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त वित्तिय संस्था, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, फस्र्ट माइक्रो फाईनान्स कम्पनीले आफ्नो वार्षिक ब्यापार सार्वजनिक गरेका हुन । 

Advertisement

कुन अब्बल ?
चौथो त्रैमासम्मको वित्तीय विवरण हेर्दा सबै भन्दा धेरै चुक्ता पुँजी बढाउनेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको चुक्ता पुँजी यो अवधिसम्म १०८.५० प्रतिशत बढेको छ । यस अवधिसम्म आउँदा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउने दोस्रो कम्पनी समता घरेलु लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको चुक्ता पुँजी ४९.४४ प्रतिशतले बढेको छ । यता यस अवधिसम्म आउँदा वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तमा डिप्रोस लघुवित्त रहेको छ । यसको चुक्ता पुँजी यस अवधिसम्म एक अर्ब १५ करोड रुपियाँभन्दा माथि छ । यस्तै आरएमडीसी लघुवित्तको चुक्ता पुँजी पनि एक अर्बभन्दा माथि छ । तर, यस कम्पनीको नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा बढेको छैन् । 
चुक्ता पुँजी

जगेडा कोष 
आर्थिक वर्ष २०७७–७८ को आन्तिम त्रैमासम्म आउदा सबैभन्दा धेरै जगेडा कोष बढाउन सफल साधना लघुवित्त रहेको छ । यस कम्पनीको जगेडा कोष एक वर्षमा ५९४.३७ प्रतिशतले बढेर १३ करोड ४३ लाख ७८ हजार रुपियाँ पुगेको छ । यसपछि मिर्मिरे लघुवित्तले पनि आक्रामकरुपमा जगेडा कोष बृद्धि गर्न सफल भएको छ । यस कम्पनीले यस त्रैमाससम्म ३३४.१३ जगेडाकोष बढाउन सफल भएको छ । 
जगेडा कोष 

निक्षेप संकलन
यस अवधिसम्म निक्षेप संकलन धेरै गर्न सफल साधना लघुवित्त रहेको छ । यस कम्पनीले यस त्रैमाससम्म ८३.४२ प्रतिशतले निक्षेप संकलन बढाउन सफल भएको छ । यस कम्पनीसँग ८३ करोड ५२ लाख २३ हजार रुपियाँ निक्षेप संकलन रहेको छ । 
 

कर्जा लगानी
गत वर्षको यसै अवधिसम्म भन्दा कर्जा लगानीमा आक्रमक कम्पनी मिर्मिरे रहेको छ । यस कम्पनीले कर्जा लगानी गत वर्षको यसै अवधिको भन्दा १५९.६८ प्रतिशतले बढेको छ । कम्पनीले यस त्रैमासम्म ६ अर्ब ७७ करोड १९ लाख २६ हजार रुपियाँ कर्जा लगानी गरेको छ । 
कर्जा लगानी 

खुद ब्याज आम्दानी
यता खुद ब्याज आम्दान्ी सबै भन्दा धेरै गर्नेमा पनि मिर्मिरे लघुवित्त कम्पनी नै रहेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को चौथो त्रैमाससम्म खुद ब्याज अँम्दानी  १२९.१९ प्रतिशतले बढाएर ४४ करोड ३२ लाख १८ हजार रुपियाँ प’र्याउन सफल भएको छ । अघिल्लो वर्षको १९ करोड ३३ लाख ७८ हजार रुपियाँ थियो । 
खुद ब्याज आम्दानी 

सञ्चालन नाफा
यता सञ्चालन नाफा सबैभन्दा धेरै बढाउनेमा स्वरोजगार लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको यस्तो नाफा आर्थिक वर्षको अन्यसम्म ६०६.०६ प्रतिशतलले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक करोड ९५ लाख ७५ हजार रुपियाँ रहेको कम्पनीको सञ्चालन नाफा यस अवधिसम्म १३ करोड ८० लाख १६ हजार रुपियाँ पुगेको छ । 
सञ्चालन नाफा 

खुद नाफा
आर्थिक वर्षको अन्तिम त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै नाफा भएको कम्पनी आरएमडीसी लघुवित्त कम्पनी रहेको छ । यस कम्पनीको नाफा यस अवधिसम्म २३ करोड २५ लाख ६८ हजार रुपियाँ छ । यस अवधिसम्म सबे भन्दा धेरै नाफा बढाउन सफल कम्पनी मिर्मिरे लघुवित्त कम्पनी रहेको छ । यस कम्पनीले यस अवधिसम्ममा नाफा ४८१.९० प्रतिशतले बढाउन सफल भएको छ । 
खुद नाफा 

प्रतिसेयर आम्दानी 
प्रतिसेयर आम्दानी सबै भन्दा धेरै भएको कम्पनी डिप्रोस लघुवित्त हो । यस कम्पनीको प्रतिसेयर आम्दानी ६१ रुपियाँ ७३ पैसा छ । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीमध्ये यस्तो आम्दानी सबै भन्दा धेरै बढाउने कम्पनी पनि डिप्रोस नै हो । 
प्रतिसेयर आम्दानी रुपियाँमा 

Advertisement

Advertisement