एनआईसी एशिया लघुवित्तले गर्यो व्यवसाय बिस्तार तालिम

Advertisement

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रदेश स्तरमा प्रदेश नं २ मा सिरहाको लहान, सर्लाहीको लालबन्दी र बागमती प्रदेशमा चित्तवनको पर्सा गरी २०० जना कर्मचारीहरुलाई व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम साउनको १५, १६ र १७ गते सम्पन्न गरेको छ ।

संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपी चन्द्र ढुङगाना, व्यवसाय प्रबद्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका नवराज जोशीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्य, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरयिता, समुह प्रवेश पूर्व तालिम लगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका हुन् । 

Advertisement

त्यसैगरी साउन महिनामै अन्य विभिन्न स्थानमा अवस्थित शाखाका कर्मचारीहरु लाई व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम दिने कार्यतालिका रहेको राकेश श्रेष्ठले बताए ।

एनआईसी एशीया लघुवित्त क्षेत्रकै अबल लघुवित्त बनाउनका लागि यस्ता खालका तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सेवाग्राहीहरुलाई अझै परिस्कृत सेवा प्रवाह गर्न सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपी चन्द्र ढुङगाना बताए । 

यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७० शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement