मेरो माइक्रोफाइनान्सले १४५.५१ प्रतिशत बढायो नाफा, अन्य सूचक यस्ता छन्

Advertisement

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र०७८ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा १४५.५१ प्रतिशतले बढेर ४४ करोड ७२ लाख ३९ हजार रुपियाँ पुगेको छ । 

Advertisement

अघिल्लो वर्षको यसैअवधिमा यसले १८ करोड २१ लाख ६६ हजार रुपियाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यसकारण खुद नाफा बढ्न टेवा पुगेको छ । 

खुद ब्याज आम्दानी ७२.४५ प्रतिशत र सञ्चालन नाफा १०२.५१ प्रतिशतले बढेर त्रमशः ९० करोड १० लाख ३७ हजार रुपियाँ र ४९ करोड पाँच लाख १८ हजार रुपियाँ पुगेको छ । 

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ करोड २४ लाख ६७ हजार रुपियाँ र २९ करोड १५ लाख ९० हजार रुपियाँ थियो । 

समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन । यस अवधिसम्म कम्पनीको पुँजी एक अर्ब रुपियाँ छ भने जगेडा कोष २०१.९७ प्रतिशत बढेर ६३ करोड १२ लाख १० हजार रुपियाँ छ । 

त्यसैगरी, लघुवित्तको निक्षेप संकलन ५२.३५ प्रतिशतले बढाएर २ अर्ब ४१ करोड ६२ लाख ९० हजार रुपियाँ र कर्जा लगानी १३६.४० प्रतिशत बढाएर १३ अर्ब ६४ करोड ५९ लाख ५८ हजार रुपियाँ पुर्याउन सफल भएको छ ।

असार मसान्तसम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २५ रुपियाँ ७४ पैसाले बढेर ४४ रुपियाँ ७२ पैसा वार्षिक पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपियाँ १२ पैसा छ । 

Advertisement

Advertisement