मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन, ३५.२५ गुणा धेरै आवेदन

Advertisement

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले साउन १८ गते  सोमबार साँझ ५ बजेसम्म यसमा आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको आइपीओमा आइतबार साँझ ५ बजेसम्ममा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताका लागि आवेदन परेको छ ।

Advertisement

सीडीएसका अनुसार १७ लाख ७६ हजार ७११ जना लगानीकर्ताले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार रुपियाँ बराबरको आवेदन दिएका छन् । यो कम्पनीको आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ता छ । जसमा ३५.२५ गुणा धेरै आवेदन परिसकेको छ । 

कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) सेयर कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४ कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था छ । 

कम्पनीको आईपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । 

Advertisement

Advertisement