हिमालयन र इन्भेष्टमेन्टको डिजिटल भुक्तानी प्रणाली अरुभन्दा फरक, अब कस्तो अपनाउला ?

Advertisement

काठमाडौं । मर्जरको सम्झौता गरेरै एउटै हुने गरिरहेको नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले आगामी दशैंपछिको लागि एकीकृत कारोबारको तयारी गरिरहेका छन् । दुबै बैंकले आन्तरिक व्यवस्थापन मिलाउने, कर्मचारीदेखि दुई बैंकको सिस्टमलाई समेत एकीकृत गरेर जाने गरी तयारी गरिरहेका छन् ।

दुई बैंकबीच मर्जरको सम्झौता भएपनि आन्तरिक रूपमा गर्नुपर्ने काम धेरै हुने, प्रक्रिया पूरा गर्नुपर्ने दुबै बैंकले साधारणसभा पनि गर्नुपर्ने भएकोले जति छिटो गर्ने भनेपनि अझै दशैंपछाडिलाई मात्रै एकीकृत कारोबार गर्ने गरी तयारी भइरहेको हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले बताउँछन् ।

Advertisement

दुई बैंक एक हुने सम्झौता भइसकेको भएपनि यी दुई बैंक अहिले पनि अन्य २५ वटा वाणिज्य बैंकको भन्दा डिजिटल भुक्तानीमा फरक छन् । सबै बैंकले फोन पेको नेटवर्कलाई आत्मसाथ गरेका छन् । हिमालयन र इन्भेष्टमेन्ट बैंकले मात्रै फोन पेको नेटवर्कलाई हालसम्म स्वीकार गरेका छैन् । जसका कारण अन्य २५ वटै वाणिज्य बैंकसँग मोबाइल वालेटको एउटै सिस्टम हुँदा हिमालय र इन्भेन्टमेन्ट फरक हुन पुगेका छन् ।

एफ वान सफ्टको फोन पे प्रविधि अपनाएका सबै वाणिज्य बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थासँगको डिजिटल कारोबार तथा भुक्तानी सजह हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको रूपमा क्यूआर पेलाई प्रवद्र्धन र प्रोत्साहनसमेत गर्दै गइरहेका कारण छोटो समयमा डिजिटल भुक्तानी हरेक व्यक्तिको हातहातबाट हुन थालेको छ ।

यसको अर्थ धेरैवटा बैंक र यसका ग्राहकले प्रयोग गरेकै कारण क्यूआर पे मार्फत डिजिटल भुक्तानीमा क्रान्ति नै हुन पुगेको छ । मोबाइल बैंकिङ सेवा मार्फत सबैं बैैंकले नगद भुक्तानी गर्न तथा रकम ट्रान्सफर गर्न सम्बन्धित ग्राहकलाई नै क्यूआर कोड स्क्यान गर्ने, तथा फण्ड ट्रान्फर र पेमेन्ट गर्न सहज बनाइदिएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) सुवास शर्मा बताउँछन् ।

उनका अनुसार हिमालयन र इन्भेष्टमेन्टले फोन पेवको नेटवर्कलाई अहिलेसम्म स्वीकार नगरेको यी दुई वाणिज्य बैंक मात्रै अन्य भन्दा फरक छन् । उनले भने ‘दुबै बैंकले फोनपेको नेवटर्क नअपनाएको हुँदा यी दुई बैंकबाट अन्य २५ वाणिज्य बैंक सहित ५४ वटा वित्तीय संस्थाको खातामा ग्राहक आफैंले रकम पठाउन नमिलेको हो ।’ उनी भन्छन् , ‘फोन पेको नेटवर्कमै नभएकै कारण अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि यसका वित्तीय ग्राहक आफैंले पैसा पठाउन र तिर्न मोबाइल बैंकिङबाटै मिल्दैन् ।’

इन्भेष्टमेन्ट ईसेवासँग भने आवद्ध
नेपाल इन्भेष्टेमन्ट बैैंक अन्य वाणिज्य बैक जस्तै इसेवामा पैसा पठाउन, काउन्टर डिपोजिट गर्न र इसेवाबाट इन्भेष्टेमेन्ट बैंकमा रकम पठाउन मिल्ने व्यवस्थालाई भने अवलम्बन गरिसकेको छ । इन्भेष्टमेन्ट बैैंकसँग आफ्नै मोबाइल वालेट थैंली छ भने यसले सोही सिस्टमलाई अपनाइरहेको छ । हिमालयन बैंकले पनि मोबाइल एपमै आफ्ना ग्राहकलाई सेवा सुविधा दिइरहेको भएपनि अन्य नेटवर्कसँगको सहकार्य भने हुन सकेको छैन् ।

दुबै बैंक एउटै हुँदा र अब हुने एकीकृति कारोबारमा अन्य वाणिज्य बैंक सरहको एउटै सिस्टमको सुविधा दिन फोनपे तयार गरेको शर्मा बताउँछन् । उनले भने ‘इन्भेष्टमेन्टले एफवान सफ्टकै प्रविधि इसेवा प्रयोग गरिसकेकाले यसले आफ्ना ग्राहककै रुची र इच्छा अनुसारको थप सेवा पनि दिन चाहिरहेको हुँदाहुँदै मर्जरमा गएको छ । अब मर्जरपछि बन्ने बैंकले अपनाउने प्रविधि र डिजिटल भुक्तानीको नेटवर्क कुन प्रयोग गर्ने भन्ने चाहिँ सम्बन्धित बैंककै विषय भएको पनि शर्मा बताउँछन् ।

स्ट्याण्डर्ड चार्टरसँगपनि छिट्नै क्यूआर पे सुविधा दिँदै
स्ट्यार्डर्ड चार्टर बैंकले पनि फोनपे कै नेटवर्क प्रयोग गर्ने गरी सम्झौता गरिसकेको र यसको नेटवर्कबाट अन्य सेवा सुरु भइसकेको भएपनि क्यूआर पे मात्रै गर्न मिल्दैन् । यो सेवा पनि स्ट्याण्र्डर्डबाट छिट्टै दिन सकिने जानकारी एफवान सफ्टले जानकारी दिएको छ ।

हिमालयन बैंकसँग भने फोनपेले कुनै सहकार्य गरेको छैन् । अब मर्जरपछि एक हुने भएपछि र इन्भेष्टमेन्टसँग इसेवाले सहकार्य गरेकोले त्यसैमार्फत थप सेवा र सुविधा दिन सकिने पनि शर्मा बताउँछन् । प्रविधिको छनोट बैंकले आफैं गर्नुपर्ने भएकोले हाम्रो प्रविधि आत्मसाथ गर्नुपर्छ भनेर भन्न मिल्दैन् ।

कर्पोरेट ग्राहक धेरै भएको बैंकको हिसाबले पनि कर्पोरेट ग्राहक फोनपेले अरुलाई दिएजस्तै सहज र सरल सेवाबाट पनि यसका ग्राहक बन्चित भने भएको उनको बुझाइ छ । हाल डिजिटल भुक्तानीको सेवा दिने नेटवर्क नेपाल क्लियरिङ हाउस र फोन पेले मात्रै मोबाइलबाट डिजिटलट भुक्तानीको सेवा दिएका छन् । फोनपेले हालसम्म  ५४ वटा बैंक तथा वित्तीय संस्था र तीन वटा (वालेट आइएमई पे, इसेवा र सेलपे)लाई अन्तरआवद्धताको सुविधा दिएको छ । 
 

Advertisement

Advertisement