स्वास्थ्य राज्यमन्त्रीले सरकारी सेवा सुविधा नलिने, मन्त्री भइन्जेल व्यापारिक संस्थामा पनि नबस्ने

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । आफ्नो नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला उनले यस्तो घोषणा गरेर जनतको मन जित्ने प्रयास गरेका हुन् । 

सोमबार आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै श्रेष्ठले सुरक्षाकर्मीबाहेक आवास, गाडि र तलबभत्ता नलिने र मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेको व्यवसायिक संस्थाबाट अलग हुने घोषणा गरेका छन् । 

Advertisement

उनले भने, ‘राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु ।’

उमेश श्रेष्ठ लिटिल एन्जलस स्कुलका सञ्चालक हुन् । शिक्षाबाहेक उनले स्वास्थ्य र जलविद्युतमा समेत ठूलो लगानी गरेका छन् । स्वास्थ्य क्षेत्रको जानकारलाई स्वास्थ्यमन्त्री बनाउनुपर्नेमा प्रधानमन्त्रीको व्यवसायिक साझेदार व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै आलोचना भइरहेको थियो । 

Advertisement

Advertisement