Advertisement

काठमाडौं । श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै आम नेपालीको ध्यान बागबजारस्थित बाबुकाजी श्रेष्ठले सञ्चालन गरेको टेलरिङ सेन्टरमा पुग्छ । निकै सानो स्केलबाट सुरु भएको यस सेन्टरलाई नचिन्ने नेपाली कमै छन् । 

आफ्नो छुट्टै पहिचान (ब्राण्ड) बनाउन सफल श्रेष्ठ टेलरिङले लामो समयदेखि प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्ति, व्यवसायी र सर्वसाधारणसम्मको सुट पाइन्ट तयार गर्दै आयो । उनीहरूको चाहना र आवश्यकताअनुसारका सामान उत्पादन गर्दै मन जित्दै आयो । र, आफ्नो पहिचान स्थापित गर्न सफल भयो । 

Advertisement

श्रेष्ठ टेलरिङले ग्राहको विश्वास जित्ने । आर्थिकरुपमा पनि सबल बन्यो । तर धेरै चुनौतिहरूको पनि सामना गर्दै आयो । कहिले भूकम्प, कहिले माओवादी द्धन्द्ध, कहिले कोरोना महामारी जस्ता समस्याका कारण आफूले अपेक्षा गरेअनुसार सफलता पाउन नसकेको श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठको गुनासो छ । 

लामो संघर्ष, लगनशीलता, धैर्यताका साथ आफ्नो व्यवसायलाई स्थापित गराउन सफल उनी भन्छन्, ‘बागबजारसँगको मेरो यो नाताभित्र धेरै लामो इतिहास जोडिएको छ। मैले जुन दिन चाबहिल भगवानबहालस्थित बुबाको घर छोडें । त्यसै दिनदेखि अर्थात् २०३५ सालदेखि बागबजारसँग मेरो सम्बन्ध गाँसियो । मैले व्यवसाय सुरुवातका दिनमा कार्टुनको बाक्लो कागजमा हातैले बीके श्रेष्ठ टेलरिङ लेखेर साइनबोर्ड बनाएको थिए । त्यो साइनबोर्ड झ्यालमा झुन्ड्याएर मैले यो व्यवसाय सुरु गरेको हो । त्यहाँ देखिको अहिलेसम्मको यात्रामा मैले धेरै हन्डर खाएर यहाँसम्म आउन सफल भएको छु ।’ श्रेष्ठसँगको रोचक कुराकानी माथि भिडियोमा सुन्नुहोस्ः 

Advertisement

Advertisement