महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थ सिटी हस्पिटलमा १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंक भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।

Advertisement

बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ । 

Advertisement

Advertisement