‘टेलिकमका एमडीलाई प्रतिबद्धता पूरा नगरेकोले थुनिएको हो, माग पूरा गर्न दबाब दिइरहेका छौं’
यादवप्रसाद पनेरु अध्यक्ष, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन

Advertisement

यादवप्रसाद पनेरु

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका कर्मचारी १५ दिनदेखि विभिन्न माग राखेर आन्दोलनमा छन् । हामीले राखेका माग पूरा नभएको र टेलिकको बोर्डसहितको वार्ता टोलिसँग मात्रै वार्ता गर्ने भनेपछि १३ साउनमा वार्ता टोलि बनेको थियो । यस्तो वार्ता टोलि ९ साउनमा व्यवस्थापनले बनाएको वार्ता टोलिमा हामी बसेनौ ।

Advertisement

जसका कारण नयाँ टोलि बनाएर वार्ता चरणवद्ध रूपमा भएको पनि छ । व्यवस्थापनले बनाएको वार्ता टोलीसँग कार्यान्वयन गर्ने अधिकार नभएको र सञ्चालक समितिसमक्ष पेश मात्रै गर्ने भएकोले हामीले यो निर्णय गरेर कार्यान्वयनमा जान्छौं भन्न सक्ने टोलि चाहियो भनेको थियौं । वार्ता गरेर समस्याका समाधान गर्ने पक्षमा हामी कर्मचारी  पनि छौं । हामीले मागेको जति नै चाहिने भन्ने पनि होइन् सहमति गरेर जान तयारी छौं भनेका पनि छौैं । त्यसको लागि पहिले प्रयास गरौ भन्ने कुरा कर्मचारीले उठाएका छन् ।

मन्त्रालयले गरेको वार्ता टोलिमा सर्वसाधारण सेयरधनीको तर्फबाट अम्बिकाप्रसाद पौडेल समन्वयकर्ता तोकिएका छन् । मन्त्रालयको टेलिकम तथा संस्थान समन्वय महाशाखाबाट उपसचिव रामसाद सापकोटा, मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका उपसचिव महेन्द्रप्रसाद साङ्खेलाई वार्ता टोलि तोकिएको छ । उहाँहरूसँग हामीले दुई दिन वार्ता पनि गरिसकेका छौं । उहाँहरूसँग वार्ता गर्दा ठोस प्रतिवद्धता केही पनि आएको छैन् ।

हामी अहिले कुनै नयाँ माग राखेर आन्दोलन गरेको पनि होइन् । यो माग त गत वर्षदेखि नै उठाएको र पुरानै एजेण्डलाई कार्यान्वयन मात्रै गर्न खोजिएको हो । गत वर्ष पनि अहिलेनै उठाएको मागमा १०/१२ दिन आन्दोलन भएको थियो । गत वर्ष प्रवन्ध निर्देशकसँग बसेर गरेको लिखित सहमतिलाई अहिलेसम्म कार्यान्वयन नभएकोले कार्यान्वयन गर मात्रै भनिएको हो ।

हामीले अहिले पनि गत वर्ष उठाएकै मागलाई कार्यान्वयन गर्नुस् मात्रै भनेको हो । कुनै नयाँ एजेण्डा उठाएको हुँदै होइन्। भएकै विषय र सहमति कार्यान्वयन अहिलेको व्यवस्थापनबाट भएको छैन् । सहमति भइसकेको विषय कहिले कार्यान्वयनमा जाने भनेर टेलिकम सञ्चालक समितिको बैठकले भन्नुपर्छ भन्ने हाम्रो भनाइ हो । समितिको कुन बैठकबाट गर्ने भनेर हामीलाई प्रतिवद्धतासहितको आश्वासन मात्रै दिनुपर्छ भन्ने हाम्रो माग हो ।

त्यसैले कर्मचारीको सहमति भइसकेको मागलाई बोर्डले कहिले कार्यान्वयनमा लैजाने भनेर सहमति नदिएसम्म हाम्रो आन्दोलन रोकिने छैन् । कानूनले पनि नरोक्ने र सामूहिक सौदावाजीबाट उठाएको विषय भएकोले हामीले हाम्रा माग कार्यान्वयनमा सहमति मात्रै खोजेका छौं । अहिले सञ्चार सचिव पनि नभएको समय भएकोले कसरी बोर्ड बैठक बसेर कार्यान्वयन गर्ने भनेर अन्योल भएको छ भन्ने पनि सुनिकएको छ । यसका लागि चार जना बोर्ड सदस्य हुनुहुन्छ ।

उहाँहरूको तर्फबाट एक जना प्रतिनिधि एक जना अम्बिका पौडल आइसक्नु भएको छ । टेलिकमकै प्रवन्ध निर्देशक बोर्डमै हुन्छ । त्यसलैले अब मन्त्रालयले दुई जना पठाएर सहजीकरण गर्न सक्छ । मन्त्रालयले तोकेर पठाएको प्रतिनिधि भइसेकेकोले सचिवको जिम्मेवारी लिएर निमित्त सचिवले काम गर्न मिल्ने टेलिकमको समस्या समाधानमा अधिकार दिन नहुने भन्ने होइन् ।

प्रवन्ध निर्देशक पुनः तल्लो तहमा काम गर्न आउनु हुँदैन्
कर्मचारीलाई प्रवन्ध निर्देशक भइसकेपछि फेरि फर्किएर टेलिकमकै कर्मचारीमा फर्कन्छ भन्ने पनि चिन्ता हो । प्रवन्ध निर्देशक भइसकेपछि फेरि सहायक भएर टेलिकमै बसिरहँदा त्यसले कार्यकारीलाई काममा सहयोग नगर्ने र उ आफैँ शक्ति केन्द्र भएर बस्ने देखियो । जसले गर्दा फेरि राजनीतिक लविङ गरेर प्रवन्ध निर्देशक हुन पाइन्छ भन्ने भयो । यसले गर्दा प्रवन्ध निर्देशक प्रतिस्पर्धाको आधारमा हुनुपर्छ । टेलिकम भित्र वा वाहिरबाट जोसुकै भएपनि हुन दिनुपर्छ ।

टेलिकमका कर्मचारी नै प्रवन्ध निर्देशक भइसकेपछि राजनीति नियुक्ति भएको हुँदा कार्याकाल सकेपछि सके दोहोर्याएर नियुक्त खाने होइन भने पुनः कर्मचारीको रूपमा फर्कन भने हुँदैन् । सरकारले जिम्मेवारी लिन पाइयो तर फेरि माथिल्लो पदमा पुगेको व्यक्ति पुनः तल्लो पदमा पुग्न हुँदैन भन्ने हामी कर्मचारीको माग हो ।

यही माग राखेर आन्दोलन गरेको १५ दिन भइसकेको छ । सरकारले वार्ताको लागि पनि पहल गरेको छ । व्यवस्थापनले बनाएको वार्ता टोलिसँग हामी वार्ता पनि गरिरहेका छौं । हामीले उठाएको माग सबै शत् प्रतिशत कार्यान्वयन हुनुपर्छ भन्ने छैन् तर गर्छु भनेर प्रतिवद्धता जनाएको र टेलिकमले नै अगाडि बढाएको विषयलाई कार्यान्वयन हुन दिनुपर्छ भन्ने हो ।

टेलिकमको नयाँ कर्मचारी विनियमाली आएपछि नियमावलीमा भएका केही विषयमा हाम्रो यसमा असहमति भयो । हामीले हिजोका दिनमा व्यवस्थापनसँग गरेका सहमतिलाई विनियामावी राख्न लोकसेवा समक्ष पठाउनुपर्छ भनेका मात्रै हो । अहिले संविधान जारी भएपछि लोकसेवाको सहमति मात्रै कर्मचारी विनियमावली बनाउन पाइने भएको छ । त्यो विषय हामी कर्मचारीले पनि बुझेका छौं ।

तुरुन्तै माग सम्बोधन गर्न सकिने विषयमा पनि ढिलो गरिएको छ
कर्मचराीको सेवा सुविधा सबै काटिएको छ । त्यसैले यसलाई राख्न साउन १ गते विनियमावली सञ्चालक समितिबाट स्वीकृति गर्ने र हामीले असहमति राखेको विषयमा २ गते नै बोर्डले कर्मचारीले उठाएको मागलाई बुँदागत रूपमा लेखेर लोकसेवा पठाउने भन्ने भन्ने सहमति भएको थियो । एकै दिन पनि कार्यान्वयन नगरी नपठाउने भन्दा ३ गतेको समय दिइयो ।

बोर्डले ५ गतेसम्म पनि कुनै वास्ता भएन् । ६ गते सचिवको अवकास हुने भएकोले पुनः नयाँ सचिव आएपछि सुरुदेखि नै बिफिङ गर्नुपर्ने र उहाँलाई बुझन् समय लाग्ने भएपछि ढिलो हुने भएको र हामीलाई दिएको प्रतिवघता कार्यान्वयन पनि नभएकोले पनि कर्मचारीले ५ गते बेलुका प्रवन्ध निर्देशक कार्यालयमै थुनेर राखेको हो ।

व्यस्थापनले हामीसँग गरेको सहमति अनुसारको लोकसेवामा पठाउने प्रस्ताव र बोर्डले गरेको प्रस्ताव फरक पार्न खोजिएको, अविश्वास भएको र बारम्वारको धोका भएको हुँदा हामीले हाम्रो कम खोजेका हौं । यो तुरुन्तै माग सम्बोधन गर्न सकिने विषयमा पनि ढिलो गरिएको छ

कुनै कानूनले निर्देशन गरे हामी कर्मचारी ६ तहसम्मका मात्रै पनि युनियनमा बस्न तयार छौं । कर्मचारीको विषयमा अहिलेको व्यवस्थापन असफल भएको छ । अहिलेको प्रवन्ध निर्देशकले पनि उहाँ कर्मचारी व्यवस्थापनको तर्फबाट र निगमको योजनाका कार्यान्वयन गर्ने विषयमा पनि असफल नै भएको छ । अहिले टेलिकको बार्षिक आन्दानी घटेको छ ।

प्रवन्ध निर्देशक नियुक्त गर्दा कार्यसम्पादन सम्झौतामा हरेक वर्ष १० प्रतिशतले आम्दानी बढाउने भन्ने छ । ग्राहक पनि १० प्रतिशतभन्दा बढीले बढाउने भन्ने थियो । तर अहिलेको प्रवन्ध निर्देशक आएपछि झन टेलिकमको आम्दानी १७ अर्बबाट घटेर करिब आठ अर्बको हाराहारीमा झरेको देखिन्छ । प्रवन्ध निर्देशकलाई आम्दानी किन घट्यो र आयोजना किन वेलैमा सकिएनन भन्ने विषयमा पनि स्वेतपत्र जारी गर्न हामीले सुझाव दिएका छौं ।

टेलिकमको व्यवस्थापन किन राम्रो भएन र भएको ठाउँबाट पनि किन आम्दानी भएन भनेर हेर्नुपर्ने भएको छ । यो विषयमा प्रवन्ध निर्देशकले बोल्नुपर्छ भनेका छौं । हामीले लोकसेवामा पठाउने परामर्शका विषयमा बोर्डबाट माइन्युट गराएर मात्रै आउनु भएुर प्रवन्ध निर्देशकलाई भनेका छौं । उहाँले हुन्छ पनि भन्नुु भएको छ तर अहिलेसम्म माइन्युट गराउन नसक्नु भएकोले कार्यालय पनि आउनु भएको छैन् ।

टेलिकमका करिब चार हजार कर्मचारी भएपनि थोरैले मात्रै नैतिक दबाब स्वरूप आन्दोलन गरिरहेका छौं । टे«ड युनियनसँग गरेको सहमति पालना नगरेको र कर्मचारीलाई थोका दिएको प्रवन्ध निर्देशकलाई थुनेको हो । बोर्डले हाम्रो माग सम्बोधन गरेर निर्णय गर्यो भने भोलिदेखि नै आन्दोलन गर्न छोड्छौं ।  (नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष पनेरुसँग कर्पोरेट नेपालले गरेको कुराकानीमा आधारित)

अत्यावश्यक सेवाका कर्मचारी आन्दोलनः बैंक, टेलिकम र वायुसेवाका कर्मचारी किन असन्तुष्ट ?

टेलिकमको केन्द्रीय कार्यालयमा कर्मचारीले राखेका माग र धर्नामा बसेका कर्मचारी ।

Advertisement

Advertisement