विभिन्न सात कम्पनीमा सयौंका लागि रोजगारीको मौका, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

Advertisement

काठमाडौं । विभिन्न सात  कम्पनीले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानका लागि कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्नेमा दुई बैंक, दुई लघुवित्त संस्था, दुई बीमा कम्पनी र एक बैंकिङ, फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट (बिफिन) रहेका छन् । बिफिन १६ वटा वित्तीय तथा पुँजीबजारसँग सम्वन्धित कम्पनीहरूद्धारा प्रवद्र्धिक कम्पनी हो । बिफिनमार्फत उनीहरूका लागि कर्मचारी माग भएको छ । 

क–कस्ले मागे कर्मचारी ? 
एनआइसी एशिया बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् देशका विभिन्न स्थानमा रहेका शाखाका लागि दरखास्त आह्वान गरेको छ । पाँच पदका लागि केही संख्यामा कर्मचारी माग गरेको एनआईसी एशियाले शाखा प्रवन्धक, सुपरभाइजर, सिनियर÷जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउन्टेन्ट र सेमी क्वालिफाइड चार्डर्ट एकाउन्टेन्ट माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारिक वेभसाइटमार्फत् आवेदन दिन सक्ने छन् । 

Advertisement

बिफिनले १५ जना कर्मचारी माग गरेको छ ।  जसमा जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)को लागि सीईओ, डेपुटी सीईओ, ट्रेनी एसिस्टेन्ट माग गरेको छ भने इमर्जिङ नेपाल प्रा.लि.को लागि सीईओ र एसिस्टेन्ट माग गरेको छ । त्यस्तै बिफिनले आफ्नो लागि डेभलपमेन्ट डाइरेक्टर र चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । बिफिनअन्तर्गतकै प्राइभेट इन्भेटमेन्ट कम्पनीका लागि रिसेप्सनिष्ट, कम्पनी सेक्रेटरी माग गरेको छ । 

यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा प्रवद्धएनका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर, ट्रेनी डेभलपमेन्ट अफिसर माग गरेको छ । कम्पनीले अन्डरराइटिङमा म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर पनि माग गरिएको छ ।

दावी भुक्तानीका लागि जुनियर अफिसर १ जना, कृषि तथा लघुबीमा लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १–१ जना माग गरिएको छ । एचआरमा असिस्टेन्स २ जना, पुनर्बीमामा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १–१ जना माग गरिएको छ । मार्केटिङ एण्ड कम्युनिकेसनका लागि एक जना माग गरिएको छ । उक्त पदका लागि योग्यता पुगेका व्यक्तिले २०७८ भदौ ४ गतेभित्र इन्स्योरेन्सको इमेलमा व्यक्तिगत विवरण पठाउनु पर्ने हुन्छ ।

सेन्चूरी बैंकले पनि कर्मचारीको लागि आवेदन खुलाएको छ । यस बैंकले व्यवस्थापन प्रशिक्षार्थी र प्रशिक्षार्थी सहयोगी गरी केही संख्यामा कर्मचारीको माग गरेको छ । रिक्तपदको लागि योग्यता पुगेका इच्छुक व्यक्तिले मेरो जबको साईडमा गएर आवेदन दिन सक्नेछन् । यसमा भदौ २ गतेसम्म आवेदन दिन सकिने समय तोकिएको छ । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६६ जना कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले शाखा तथा उप–शाखाका लागि प्रदेश १ का लागि ५ जना, प्रदेश २ का लागि ६ जना, बाग्मती प्रदेशका लागि १५ जना, गण्डकी प्रदेशका लागि ७ जना, प्रदेश ५ का लागि ११ जना, कर्णाली प्रदेशका लागि २ जना र सुदूरपश्चिम प्रदेशका लागि २ जना गरी ४८ जना कर्मचारी माग गरेको छ । 

त्यस्तै, कम्पनीले सेल्स एक्जुकटिभका लागि प्रदेश १ का लागि २ जना, प्रदेश २ का लागि २ जना, बाग्मती प्रदेशका लागि ८ जना, गण्डकी प्रदेशका लागि २ जना, प्रदेश ५ का लागि २ जना, कर्णाली प्रदेशका लागि १ जना र सुदुरपश्चिम प्रदेशका लागि १ जना गरी १८ जना कर्मचारी माग गरेको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले भदौ ९ गतेभित्र इमेलमार्फत आवेदन पेश गर्ने सक्ने कम्पनीले जानकारी दिएको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाले पनि अधिकृत तहदेखि कनिष्ठ सहायकसम्म ८० जना कर्मचारी माग गरेको छ । संस्थाले सार्वजनिक सुचनामार्फत् अधिकृत एक जना, कनिष्ठ अधिकृत चार जना, सहायक कनिष्ठ अधिकृत पाँच जना, वरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक ३८ जनाको लागि दरखास्त आह्वान गरेको छ । जसमा सुचना प्रविधि विभागमा अधिकृत एक जना, अनुगमन र क्लस्टर प्रमुख फिल्ड र शाखा प्रमुखका लागि कनिष्ठ अधिकृत चार जना तथा सोही विभागमा सहायक कनिष्ठ अधिकृत पाँच जना, शाखा कार्यालय प्रमुखतर्फ वरिष्ठ सहायक ३७ जना र फिल्डमा लागि कनिष्ठ सहायक ३८ जना कर्मचारी माग गरिएको हो । संस्थाले विशेष गरी दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रही काम गर्न इच्छुकलाई प्रथमिकता दिने जनाएको छ । संस्थाले तोकेका योग्यता पूरा गरेका इच्छुक आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यता एनआइसी एसिया लघुवित्तले पनि बिभिन्न पोस्टको लागि कर्मचारी माग गरेको छ । कम्पनीले वित्तविभागप्रमुख(व्यवस्थापक ) एक जना, उप–प्रदेशप्रमुख (कनिष्ठ अधिकृत/ अधिकृत/ वरिष्ठ अधिकृत)  केही संख्यामा, अनुगमनअधिकृत केही संख्यामा, चार्टर्ड एकाउन्टेण्ट/सेमीक्वालिफाईड चार्टड एकाउन्टेण्ट (सुपरभाइजर/कनिष्ठ अधिकृत/वरिष्ठ अधिकृत) केही संख्यामा र  अधिकृत एक जना माग गरेको छ । यस कम्पनीमा आवेदन दिन संस्थाले तोकेका योग्यता पूरा गरेका इच्छुक आवेदकले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

 

 

Advertisement

Advertisement