ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिृकतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी हाल सो बैंकमा कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरीवेक्षण गर्छन् । 

Advertisement

उनी करीब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेका छन् । ग्लोबलमा २०६५ लाखमा नायब प्रबन्धकबाट प्रवेश गरेका हुन् । उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।  
 

Advertisement

Advertisement