अफगानिस्तानबाट अमेरिकाले उद्दार गरेका नेपालीहरू काठमाडौं आइपुगे

Advertisement

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मंगलवार बिहान काठमाडौं आइपुगेका छन्।

उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा राखेको छ । अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको हो ।  उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाडौं आइपुगेको हुन् । 

Advertisement

उद्धार गरिएका नेपालीहरू एक दिनअघि कुवेत पुगेका थिए। उनीहरू मङ्गलवार बिहान जजिरा एअरलाइन्सको विमानबाट नेपाल फर्किन सकेका हुन् । स्वदेश फर्किन सफल नेपालीहरूको कोरोना परीक्षण गरेर होम आइसोलेशनमा बस्न मिल्नेगरी पठाइने नेपाली सेनाले जनाएको छ । उद्दार गरिएका नेपालीहरू काठमाडौं आइपुग्दा स्वागत गर्न त्रिभुवन विमानस्थलमा अमेरिकी अधिकारीहरू पनि पुगेका थिए । अफगानिस्तानमा एक हजार पाँच सयको संख्यामा नेपाली रहेको बताइँदै आएको छ । 
 

Advertisement

Advertisement