वाणिज्य बैंकका कर्मचारीको बोनस २० प्रतिशत बढ्यो, कुन बैंकले कति दिने ?

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकका कर्मचारीले १० अर्ब १० करोड ७३ लाख ४४ हजार रुपियाँ बोनस पाउने भएका छन् । बैंकर्स संघले जारी गरेको तथ्यांक अनुसार गत आवमा वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस करिब २० प्रतिशतले बढेको छ । यस्तो बोनस अघिल्लो वर्षको तुलनामा १९.९२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैैंकहरूले दिएको यस्तो बोनस अघिल्लो आवमा आठ अर्ब ४२ करोड ८१ लाख १० हजार रुपियाँ रहेको थियो । बैंकका कमैचारीको यस्तो बोनस गत आवमा अघिल्लो आवको तुलनामा एक अर्ब ६७ करोड ९२ लाख ३४ हजार रुपियाँले बढेको छ ।

Advertisement

नबिल बैंकले सबैभन्दा बढी बोनस बाँड्दै
नाफाका हिसावले बाड्ने यस्तो बोनस रकम सबैभन्दा बढी नाफा कमाएको नबिल बैंककैं रहेको छ । गत वर्ष साढे चार अर्ब नाफा कमाएको यो बैैंकले चार अर्ब भन्दा बढी रकम वितरण गर्न पाउँछ । यस्तो रकममा कर्मचारी वोनसका लागि गत आवको नाफाबाट ७१ करोड रुपियाँ बाँड्ने भएको  छ । यसले कर्मचारीका लागि छुट्याएको यस्तो बोनस रकम अन्य वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा बढी हो ।

बोनस दर बढी हुनेमा नेपाल बंगलादेश बैंक
गत आवमा नाफाको दर सबैभन्दा बढी भएकोले कर्मचारी बोनसको दर पनि २७ वटै वाणिज्य बैंकको तुलनामा नेपाल बंगलादेश बैंकको बढी छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले बोनस बढाएको छ । यो बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३६ करोड रुपियाँ बोनस दिने भएको छ । यस्तो बोनस अघिल्लो वर्ष २० करोड रुपियाँ थियो ।

सिभिल बैंकको बोनस आठ करोड मात्रै
सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा कम बोनस बाड्ने सिभिल बैंकको पनि कर्मचारीका लागि आठ करोड ६० लाख बाँड्न पाउने भएको छ । यो बैंकले कमचारीलाई बाँड्ने बोनस अघिल्लो वर्ष नौ करोड ७६ लाख थियो

 अन्य वाणिज्य बैंकहरुमा बोनस दर अघिल्लो वर्षको तुलनामा गत आवमा नाफा घटेका आधारमा बोनस दर घट्नेमा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी बैंक, एभरेष्ट बैंक, स्ट्ण्याडर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैैंकको बोनस घटेको छ । 

वाणिज्य बैंकहरूले गत अवको नाफाबाट कर्मचारीलाई छुट्याएको र गत वर्षको बोनस रकम 

Advertisement

Advertisement