सरकारी सम्पत्तिमा हायातको रजाइँः ४० प्रतिशतको सेयर नौ प्रतिशतमा, २५ वर्षको लाभांश गायब

Advertisement

काठमाडौं । नेपालमा विदेशी लगानीमा स्थापना भएको पाँच तारे होटल (हायात रिजेन्सीमा) सरकारले गरेको लगानीको प्रतिफल २५ वर्षसम्म शून्य रहेको देखिएको छ । सरकारी स्वामित्वको तारागाउँ विकास समितिले तारागाउँ रिजेन्सी होटल लिमिटेडमा २५ वर्ष अगाडि गरेको १७ करोड रुपियाँको कुनै प्रतिफल नदिएको, शेयर संरचना घटाउँदै गएको र विगतका वर्षमा औल्याएको कमजोरी अझै होटलको तर्फबाट सुधार नभएको सरकारी प्रतिवेदनले ल्याएकोको छ ।

महालेखा परीक्षले भर्खरै प्रकाशित गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार होटलमा गरेको लगानीले २५ वर्षसम्म प्रतिफल शून्य रहेको औल्याइएको छ । होटलले सरकारी लगानीको २५ वर्षसम्म कुनै प्रतिफल नदिएको र उक्त अवधिको लाभांश प्राप्त नगरेको औल्याएको छ । 

Advertisement

तारागाउँ विकास समितिले आफ्नो स्वामित्वमा रहेको बौद्धको ३०४ रोपनी जग्गामध्ये १५० रोपनी जग्गाको मूल्य १५ करोड र अन्य भौतिक संरचनाको दुई करोड रुपियाँ गरी जम्मा १७ करोड रुपेयाँ तारागाउँ रिजेन्सी होटलमा शेयरको रूपमा लगानी गरेको थियो । उक्त होटललाई नै थप १५० रोपनी जग्गा भाडामा दिएको थियो ।

होटलमा सरकारी समितिले गरेको उक्त १७ करोड रुपियाँको २५ वर्ष पछि आर्थिक वर्ष २०७४/७५ मा एक करोड २५ लाख २६ हजार नगद लाभांश पाएको छ । यस्तो लाभांश २०७४÷७५ र २०७६÷७७ मा पनि दुई करोड ४ लाखका दरले नगद लाभांश पाएको महालेखाको प्रतिवेदनले देखाएको छ । होटलमा सरकारले गरेको यस्तो लगानीमा २०७४/७५ भन्दा अघिको लाभांश प्राप्त नभएको औल्याएको छ । यो होटलमा होटलले सरकारलाई दिनुपर्ने २५ वर्षको लाभांश गायव पारेको देखिन्छ ।

होटलमा सरकारले २०४९ सालमा शेयर लगानी सम्झौता गर्दा ३९.७७ प्रतिशत शेयर समितिले पाएको उल्लेख गरेको छ । उक्त शेयर होटलको २०६४ साउन १६ को पत्र अनुसार एकैपटक १०.१६ प्रतिशतमा झरेको देखाएको छ । यस्तो शेयर अनुपात २०७२÷७३ को वार्षिक प्रतिवेदनमा अझे अझै घटाएर ९.०२ प्रतिशत कायम गरेको देखिएको छ ।

समितिको शेयरको हिसाव घटेको विषयमा गत वर्षहरूकै प्रतिवेदनमासमेत उल्लेख गरिएको भएपनि यस सम्बन्धमा हालसम्म सुधार भएको नपाइएको पनि महालेखाको प्रतिवदेनले औल्याएको छ । यो होटल भारतीय नागरिक राधेश्याम सराफ र नेपाली लगानीकर्ता रामलाल श्रेष्ठ (सराफ एण्ड श्रेष्ठ जेभी)सहितको लगानी रहेको छ । 

हायात होटलले सरकारी लगानीको प्रतिफल २५ वर्षसम्म नदिएको र शेयर संरचना घटाएको तथ्य
 

Advertisement

Advertisement