साना किसान विकास लघुवित्तको सीईओमा पुनः कोइराला नियुक्त

Advertisement

काठमाडौँ । काठमाडौँ तीनकुनेमा केन्द्रीय कार्यालय रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । 

आज बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि कोइरालालाई नै सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।  

Advertisement

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका कोइरालासँग कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव छ ।  उनी वित्तीय दिगो विकास एवं लघुवित्त विज्ञ मानिन्छन् । 

Advertisement

Advertisement