आरसी कोलाले नेपाली उपभोक्तालाई नयाँ स्वाद दिनेछ र मन जित्ने छः सीईओ अर्याल

Advertisement

काठमाडौं । विश्वका ६७ देशमा राम्रो बजार लिएको हल्का पेय पदार्थको अन्तर्राष्ट्रिय ब्राण्ड ‘आरसी कोला’ नेपालमा पनि भित्रिएको छ । भेञ्चुरा बोटलर्स प्रालिले नेपालमा भित्राएको आरसी कोला अमेरिकी ब्राण्डको लोकप्रिय उत्पादन हो । गुणस्तरीय पेय पदार्थमार्फत नेपाली बजारमा एकाधिकार कायम गर्दै आएको कोका कोलालाई पछि मात्रै योजनासहित आएको आरसी कोलाको प्लान्ट मकवानपुरको मनोहरी खोला नजिक लोथरमा स्थापना गरिएको छ । हेटौंडा र चितवनको सीमाना नजिक प्लान्ट स्थापना गरिएकाले कम्पनीलाई आफ्ना उत्पादन देशव्यापी वितरणमा समेत सहज हुने देखिन्छ । सन १९७३ मा नेपालमा कोला ड्रिक्स भित्रिएको हो । अहिले त्यसको ५० वर्षपछि आरसी कोला नेपाल भित्रिएको हो । हल्का पेय पदार्थको अन्तर्राष्ट्रिय बजारलाई हेर्दा हेर्दा यो ब्राण्ड ‘टप–थ्री’मा पर्छ । खाजाको साथमा कुनै न कुनै पेय पदार्थ पिउने नेपालीहरूको चलन बढ्दै गएको बेला आरसी कोलाको नयाँ र मिठो स्वादले चाँडै नै लोकप्रियता हासिल गर्ने विश्वास कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कभिन अर्यालको छ ।  

नेपाली उपभोक्तालाई नयाँ विकल्प
अहिले कोरोना महामारीले विश्वमा बजार नै प्रभावित छ । यस्तो अवस्था आएको पनि झण्डै दुई वर्ष भइसकेको छ । आरसी कोला नेपालमै उत्पादनका लागि काम सुरु भएको पनि झण्डै दुई वर्ष नै भएको छ । कोरोनाको प्रभाव केही कमी भएकाले उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालन हुन थालेका छन् । महामारीले गर्दा कयौं रोजगारी गुमेको छ । यस्तो परिस्थितिमा रोजगारी सिर्जनामा पनि मद्दत गर्ने र नेपाली उपभोक्तालाई पनि नयाँ स्वादको हल्का पेय पदार्थको विकल्प दिन आरसी कोला आएको छ । एउटै स्वादका कारण आजित भएका नेपालीहरू मन जित्न आफू सफल हुनेमा आरसी कोला ब्राण्ड विश्वस्त देखिन्छ । सीईओ अर्याल भन्छन्, ‘अहिले पनि बजारमा मदिराको खुलेआम बिक्री भइरहेको छ । मैले मदिराको विरोध गर्न खोजको होइन । तर हामीले बेच्ने भनेको त हल्का पेय पदार्थ हो । अहिले कोरोना महामारीको समयमा पनि आंशिक रूपमा चलिरहेका छौंं । ठूला घराना पनि रोकिएका छन् ।’ 

Advertisement

चुनौति
आरसी कोलाले नेपालको भौगोलिक परिस्थितिलाई आफ्नो चुनौतिको रूपमा लिएको छ । धेरैजसो जहाजै पहाग रहेको मुलुक, र सडक यातायातको राम्रो विकास नभइसकेका कारण आफ्ना उत्पादनहरू छिटो छरितोरुपमा सबै नेपालीमाझ पुर्याउन अन्य मुलुकमा जस्तो सहज छैन् । ढुवानीमा चुनौति रहे पनि चुनौतिको सामना गर्न आफूहरू सक्षम रहेको सीईओ अर्याल बताउँछन् । उस्तै खालका अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्न आफूहरूलाई कुनै चुनौति नरहेको उनी बताउँछन् । 

रोजगारी र लगानी 
भेञ्चुरा बोटलर्सले प्रत्यक्षरुपमा ७० जनालाई रोजगारी प्रदान गरेको छ । प्रत्यक्ष रोजगारीको संख्या भोलिका दिनमा अझै बढ्दै जान्छ । साथै, आरसी कोलाले बजार विस्तार गर्दै गएसँगै यसबाट अप्रत्यक्षरुपमा रोजगारी पाउनेको संख्या हजारौंमा हुनेछ । 

नेपालको प्रचलित नियम कानुनअनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याएर व्यवसाय सुरु गरेको भेञ्चुरा नेपाली उपभोक्तामाझ आफ्नो विश्वसनीयता गुम्न नदिन निकै सचेत देखिन्छ । सीईओ अर्याल भन्छन्, ‘ग्राहकको विश्वास जित्न सकिएन, गुणस्तरीय उत्पादन र नविन ढंगबाट काम गर्न सकिएन भने अहिलेको प्रतिस्पर्धी समयमा अघि बढ्न सकिन्न । त्यो कुरामा हामी सचेत छौं ।’ ग्राहक र कम्पनी दुवै लाभान्वित हुने हिसाबले अघि बढ्ने उनी बताउँछन् । 

कफी कल्चर जस्तै चिसो कल्चर
अहिले नेपालमा चिया–कफी कल्चरभन्दा चिसो कल्चरमा केही कमी छ । हाम्रो रितिरिवाज चिसोभन्दा तातोबाट सुरु गर्ने छ । तर पनि पछिल्लो समय विशेषगरी युवा र विद्यार्थीमाझ चिसो कल्चर बढ्न थालेको छ । आरसी कोला विभिन्न स्वादमा उत्पादन हुने भएकाले उपभोक्ता फरक फरक स्वादको मज्जा लिनसक्ने अर्याल बताउँछन । कम्पनीले चिल ड्रिङ्क्स, जली ड्रिङ्क्स, स्वतन्त्रता ड्रिङ्क्स जस्ता सात किसिमका उत्पादनहरू बजारमा ल्याएको छ । 

यतिबेला उपभोक्ताहरूले ‘आरसी कोला’लाई बजारका अन्य ड्रिङ्क्सहरूसँग तुलना गरेर हेरिरहेका छन् । त्यसरी दाँजेर हेर्दा कोही पनि उपभोक्ताले प्रतिक्रिया दिइरहेको र धेरैले यसलाई मन पराएको सीईओ अर्यालले जानकारी दिए । यस्तो प्रतिक्रियाले कम्पनीलाई थप परिस्कृत र सुदृढ ढंगले अघि बढ्न सहयोग पुग्ने उनको विश्वास छ । 

लक्षित वर्ग
भेञ्चुराले तत्कालका लागि शहरी क्षेत्रका उपभोक्तालाई लक्षित गरेर आफ्ना उत्पादनको बजारीकरण गरिरहेको छ । चाँडै नै ग्रामीण भेगमा पनि पुर्याउने र देशव्यापीरुपमा पुग्ने योजना बनाइएको छ । हेटौडा र चितवनको सीमा नजिक प्लान्ट रहेकाले देशव्यापी वितरणमा सहज पुग्ने सीईओ अर्याल बताउँछन् । उनी भन्छन्, ‘नेपालीले जसरी अन्य उपभोग्य वस्तु पाइरहनुभएको छ, त्यसरी नै आरसी कोला पनि पाउनुहुनेछ । नेपालको पानीमा बनेको यो उत्पादनलाई नेपालीहरूले माया गर्नु गर्नुहुनेछ भन्ने विश्वास छ । यो स्वदेशीले नै बनाएको र नेपाली उपभोक्तालाई नै लक्षित गरेर ल्याइएको फरक स्वादको पेय पदार्थ भएकाले चाँडै नै नेपालमा स्थापित हुन सफल हुनेछ । यो मेरो विश्वास हो ।

Advertisement

Advertisement