स्टिभ जबसँगको सहमतिअनुसार सीईओलाई बोनसस्वरुप दिइयो करोडौं डलरको एप्पलको सेयर

Advertisement

एजेन्सी । एप्पलका संस्थापक स्टिभ जबसँगको सहमतिअनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई ५० लाख कित्ता सेयर बोनसस्वरुप दिइएको छ । कुकले एप्पलको व्यवस्थापनको नेतृत्व सम्हाल्दा गरेको प्रतिवद्धताअनुसार १० बर्षपछि उक्त सेयर दिइएको हो । स्टिभ जबको यसअघि नै मृत्यु भइसकेको छ । 

कुकले आफूले पाएको सेयरबाट ७५ करोड अमेरिकी डलरभन्दा बढि रकमको सेयर बेचेको यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले जनाएको छ । एप्पलको सेयरलाई अरु ठूला कम्पनीको प्रतिस्पर्धामा पुर्याएर आफ्नो सहमतिअनुसारको प्रगति देखाएकाले बोनस पाउन सफल भएका हुन् । 

Advertisement

गएको तीन वर्षमा एप्पलको सेयर मूल्य १९१.८३ प्रतिशतले बढेको छ भने गएको १० बर्षमा एक हजार दुई सय प्रतिशतले बढेर आकर्षक बन्न पुगेको छ। यस कम्पनीको सेयर मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर भएको छ । 

Advertisement

Advertisement