मनमोहनमा लगानी गर्ने २५ सय लगानीकर्ताको १६ वर्षदेखि प्रतिफल शून्य (लगानीकर्ताको सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल)मार्फत मनमोहन अस्पतालनमा लगानी गर्ने दुई हजार पाँच सय लगानीकर्ताले १६ वर्षदेखि प्रतिफल पाएका छैनन् । उक्त सहकारीमार्फत मनमोहन मेमोरियल  अस्पतालमा एक लाख रुपियाँदेखि करोडसम्म लगानी गरेका लगानीकर्ताले प्रतिफल नपाएको गुनासो गरेका छन् । 

डिभिजन सहकारी कार्यालय काठमाडौंमा ४ चैत २०६२ मा दर्ता भएको यो सहकारीले गत मंसिरमा २६२१ जना सेयर सदस्य रहेको जानकारी दिएको थियो । सहकारी स्रोतबाट कर्पोरेट नेपाललाई प्राप्त सेयर सदस्यहरूको विवरणमा भने दुई हजार ५२६ जनाको मात्रै विवरण उल्लेख छ । 

Advertisement

उक्त सहकारी स्थापना गर्दा हरेक सेयर सदस्यबाट एक लाख रुपियाँ संकलन गरेर यही सहकारीमार्फत मनमोहन मेमोरियल अस्पतालमा लगानी गरेको छ । यो सहकारीले मनमोहन मेमोरियल सामूदायिक अस्पताल ठमेलमा सञ्चालन गरेको भए पनि गत वर्ष १ कात्तिक २०७७ देखि औपचारिक रूपमा बन्द भइसकेको छ । 

यस अस्पताललाई शिक्षण अस्पतालको लाइसेन्स दिलाउन लामो समयदेखि प्रयास हुँदै आए पनि डा. गोविन्द केसीको आन्दोलन र दबाबका कारण यो सफल हुन सकेको छैन् । यसले मनमोहन मेमोरियल इष्टिच्यूट अफ हेल्थ साइन्सेज, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, मनमोहन मेमोरियल सहकारी विश्वविद्यायल, मनमोहन मेमोरियल आयुर्वेदिक मेडिकल कलेज स्थापना गर्ने भन्दै त्यसमा समेत लगानी गरेको छ । 

यसको मुख्य लगानी स्वयम्भूमा रहेको प्रस्तावित मेडिकल कलेजमा छ । यो बाहेक झापा, काठमाडौंको दहचोक र धादिङमा पनि लगानी रहेको छ । नेपाल स्वास्थ्य सहकारीले चार वर्षदेखि वार्षिक साधारण सभा गरेको छैन् । गत वर्ष २५ पुसमा साधारणसभा गर्ने र नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । नयाँ नेतृत्वमा पर्यटन व्यवसायी गणेश सिंखडाले दावी गरेपछि सहकारीको अध्यक्ष राजेन्द्र पाण्डेले अनेक तिकडम गरेर वार्षिक साधारण सभा रोकेको आरोप लाग्दै आएको छ ।

सहकारीले चार पटक वार्षिक साधारण सभा गर्ने भन्दै सूचना निकालिसकेको भए पनि सभा हुन नसकेपछि संस्थाका लगानीकर्ता निराश बन्दै गएका छन् । अब १५ असोजमा विशेष साधारण सभा गर्ने र विधान संशोधन गर्ने प्रयास गएको छ । यस सहकारीले नयाँ व्यक्तिलाई पदाधिकारीमा जान रोक्नकै लागि विशेष साधारण सभा गरेर विधान संशोधन गर्न खोजेको सिंखडाले बताए । 

उनका अनुसार कार्यसमितिमा भएका व्यक्ति मात्रै पदाधिकारमा जान पाउने गरी विधान संशोधन गरेर सहकारीको पादरर्शीता खोज्नेहरुलाई रोक्न खोजिएको छ । सिंखडाले चार वर्षदेखि साधारण सभा नभएकोले नयाँ नेतृत्व चयन गर्नेगरी साधारण सभा नै हुनुपर्ने बताउँछन् ।

नेपाल स्वास्थ्य सहकारीमा १५ वर्ष अगाडि एक लाख नगद र पटक पटक १०–१० हजार गरेर ३० हजार लगानी थप गरिसकेका एक लगानीकर्ताले कर्पोरेट नेपालसँग भने ‘हाम्रो लगानीको न प्रतिफल छ । न त लगानी पारदर्शीता नै छ ।’ उक्त सहकारीले अहिलेम्म लगानीकर्तालाई प्रतिफल नदिएको, पारदर्शीता पनि कायम नगरेको र अध्यक्षसहितका पदाधिकारीले मनलाग्दी खर्च गर्ने गरेका कारण अहिलेसम्म न लगानीकर्ताले न कर्मचारीले लाभ पाउने अवस्था नआएको पाँच वर्षदेखि उक्त सहकारीमा रोजगारी गरेका एक कर्मचारीले गुनासो गरे । 

यो सहकारीमार्फत निर्माण भएको मनमोहन मेमोरियल अस्पतालमा बैंक तथा वित्तीय संस्थाकोसमेत सवा दुई अब ऋण लगानी फसेको छ । यसले ऋण तिर्न नसक्दा लगानी गरेका बैंक वित्तीय संस्थाको समेत चिन्ता बढ्दै गएको छ । 

नेपाल स्वास्थ्य सेवा सहकारीमा लगानी गर्ने लगानीकर्ताको विवरण

 


मनमोहनले बैंकको ऋण नतिर्दा अस्पताल नै लिलाम हुने, जग्गा बेचेर लिलामी रोक्छौँः अध्यक्ष पाण्डे

मनमोहन मेडिकल कलेजमा सात बाणिज्य बैंकको दुई अर्ब ऋण जोखिममा, बार्षिक घाटा २५ करोड

मनमोहन अस्पताल चरम आर्थिक संकटमा,  ठमेल आउटलेट बन्द, पाण्डेलाई निकाल्न चर्को दबाब

 

 


 

Advertisement

Advertisement