बजारमा स्मार्ट फोन अभाव, माग धान्न महिनामै भित्रियो पौने पाँच अर्बको मोबाइल

Advertisement

काठमाडौं । नेपाली बजारमा स्मार्ट फोनको माग अधिक रहेकोले जति आयात हुन्छ सबै बिक्ने गरेकोले माग धान्ने गाह्रो भएको नेपाली व्यवसायीले बताएका छन् । साउन महिनामा मात्रै नेपालमा चार अर्ब ८२ करोड रुपियाँका मोबाइल आयात भएको छ । यस्तो मोबाइल आयात औषतमा दैनिक १५ करोड रुपियाँको रहेको छ । बजारमा स्मार्ट फोनको अभाव रहेको सम्बन्धित व्यवसायी बताउँछन् । माग धान्ना दैनिक औषतमा १५ करोड तथा मासिक पौने पाँच अर्बको मोबाइल आउँदा पनि सबै बिक्ने गरेको छ भने दशैं तिहारसहितको चाडका महिनालाई मौज्दान राख्नै नसकिएको मोबाइल आयातकर्ता संघको भनाइ छ ।

मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्राका अनुसार अन्तर्राष्ट्रिय बजारमा मोबाइलको चिप अभाव भएका कारण उत्पादन नै कम हुने गरेको छ । नेपालमा सामसुङको आधिकारिक बिक्रेता आइएमएस ग्रुपका अध्यक्षसमेत रहेका मलमहोत्राका अनुसार आयात भएको मोबाइल एक दिन पनि नटिक्ने अवस्था छ । सामसुङ मोबाइल नै दैनिक १० हजार वटा आउँदा पनि सबै खपत हुने गरेको छ ।

Advertisement

उनका अनुसार आयात र खपतको प्रवित्ति हेर्दा बजारमा अहिले नै माग धान्न गाह्रो परिरहेको अवस्था छ भने अर्को महिना मोबाइलको अभाव हुने देखिन्छ । मलहोत्राका अनुसार चिप अभाव भएकै कारण जतिसक्दो धेरै आयात गर्न थालिएकोले पनि साउनमा पौने पाँच अर्बको मोबाइल आयात भएको हो । यस्तो आयात भदौमा कम हुन सक्ने र दशैंलाई बजारमा मोबाइलको अभाव हुन सक्ने देखिएको पनि मलहोत्रा बताउँछन् ।

नेपालीको किनमेल गर्ने शैंली विदेशीको भन्दा फरक भएको तथा चाडबाडलाई दृष्ट्रिगत गरेर सामानको खपत बढी हुने भएकोले यो पटक दशैंलाई स्मार्ट फोनको अभाव हुनसक्ने देखिएको मलहोत्रा बताउँछन् । अभाव हुन नदिन मोबाइलको आयात बढाइरहेको र जति पाइन्छ ल्याइहाल्दा पनि माग धान्ने गाह्रो हुन थालिसकेको व्यवसायी बताउँछन् ।

सरकारले अवैध मोबाइल आयात रोक्ने गरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भनेको साउन दोस्रो सातासम्म ठप्प भएको अवैध आयात सरकारी कमजोरीले फेरि बढ्न थालेको छ । सरकाले उक्त सिस्टम लागू गर्न गनसक्दा अवैध मोबाइलको आयात पुनः बढेको बुझाइ पनि मोबाइल आयातकर्ता संघको छ । साउनमा मोबाइल आयतको संख्या र रकम बढ्नमा एमडीएमएस लागू हुन्छ भनेरै भएको बुझाइ पनि उनको छ । नेपाली बजारमा मासिक साढे दुई देखि तीन अर्बको मोबाइल खपत हुने गरेको भएपनि पछिल्लो समय भने अभाव भएकै कारण धेरै आयात भएको मात्रै नभएर खपत पनि बढेको बुझाई व्यवसायीको छ ।

एकै वर्षमा ३६ अर्ब ९० करोडको मोबाइल भित्रियो
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षमै ३६ अर्ब ९० करोड रुपियाँको मोबाइल आयात भएको छ । यस्तो मोबाइल नेपाली बजारमा आउँन नपाइ बिक्री हुने भएकोले पनि हरेक महिनामा मोबाइल आयातको तथ्यांक बढीरहेको छ । गत अवमा ७० लाख वटा मोबाइल आयात भएको पनि भन्सार विभागको तथ्यांकले देखाउँछ ।
 

Advertisement

Advertisement