नायिका करिस्मा मानन्धरले भित्र्याइन् इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान

Advertisement

काठमाडौं । अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा पाइने भएको छ । रिसिक ट्रेडिङ कन्सर्न प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।

उक्त ब्राण्ड नेपाली नायिका करिस्मा मानन्धरले आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टर मानन्धारले सो ब्राण्ड उपभोक्ताको रोजाई बन्ने विश्वास व्यक्त गरिन् ।

Advertisement

विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरू गुणस्तरीय भरपर्दो रहेको कम्पनीको दाबी छ । कम्पनीले आवश्यक इलेक्ट्रोनिक्सका सामानहरू उपलब्ध गराउँदै आएको छ । 

२५ वर्ष अघि सो ब्राण्डको सामान नेपाल  भित्रिए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारीक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । आठ वर्ष पहिले यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्राण्डको रुपमा स्थापित भएको कम्पनीले बताएको छ । 

इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले उक्त ब्राण्डको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको बताए । इन्टेक्स ब्राण्डका सामानको एक वर्ष देखि दश वर्षसम्म वारेन्टी रहेकोमा अग्रवालले जोड दिए । 

कम्पनीले देशभर आफ्नो सर्भिस सेन्टरको स्थापना गरिसकेको छ । आफ्नो उद्देश्य उपभोक्ताले कुनै पनि पछुतो मान्नु नपर्ने किसिमले सेवा दिने रहेको इन्टेक्स ब्राण्डका कन्ट्रि म्यानेजर विनय जोशीको भनाई छ । 

 


 

Advertisement

Advertisement