जलविद्युत कम्पनीहरू कुनको वित्तीय अवस्था कस्तो ? कुनमा लगानी गर्न उचित ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से)मा सुचीकृत जलविद्युत कम्पनीहरूमध्ये ३९ वटाले गएको आर्थिक बर्षको आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुल ४० मध्ये ३९ ले आफ्नो विवरण सार्वजनिक गरेका हुन् । 

समीक्षा अवधिसम्मको वित्तीय अवस्था हेर्दा अधिकांश कम्पनीहरूको अवस्था सन्तोषजनक देखिन्न । यस अवधिसम्म केही विद्युत कम्पनीको नाफा, प्रतिसेयर आम्दानी जस्ता सुचकमा वृद्धि भएको छ भने केहीको घटेको छ । हिमालयन पावर पार्टनर, ग्रीन लाइफ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जीले आफ्नो वित्तीय प्रतिवेदनमा नाफा लगायतका मूख्य वित्तीय सूचक राखेका छैनन् । 

Advertisement

गएको आर्थिक बर्षमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको शिवश्री हाइड्रोपावरको अधिकांश सूचक राम्रै देखिन्छ । जलविद्युत कम्पनीहरूमध्ये विद्युत् बिक्रीबाट हुने आम्दानीमा चिलिमे हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ् । यसले विद्युत् बिक्रीबाट एक अर्ब १२ करोड ८० लाख ५२ हजार रुपियाँ आम्दानी गरेको छ । तथापि, अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा गएको आर्थिक बर्षमा चिलिमेको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । 

सानिमा माईले विद्युत् बिक्रीबाट ८५ करोड तीन लाख नौ हजार रुपियाँ आम्दानी गरेको छ । यसअवधिमा नौ कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ । नेप्सेमा सूचीकृत आठ कम्पनीले हालसम्म विद्युत् बिक्री गरेका छैनन् । विद्युत् बिक्री नगर्ने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी, आँखुखोला, अप्पर तामाकोशी, ग्रिनलाईफ हाईड्रोपावर कम्पनी, हिमालयन उर्जा कम्पनी, हिमालयन पाटनर कम्पनी, सानजेन जलविद्युत कम्पनी, सिंगटी हाईड्रो पावर कम्पनी छन् । 

बाँकी कम्पनीहरुमध्ये केहीको आम्दानी बढेको छ भने केहीको घटेको छ । गत आर्थिक वर्षको  अन्त्यसम्म सबैभन्दा धेरै चुक्तापुँजी अपर तामाकोशीको छ । जगेडा कोष र अन्य स्रोतबाट हुने आम्दानीमा बुटवल पावर अगाडि रहेको तथ्यांकले देखाउँछ । यस्तै, अन्य स्रोतबाट हुने आम्दानीमा सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनी बुटवल पावर कम्पनी रहेको छ । यस कम्पनीले समीक्षा अवधिमा अन्य स्रोतबाट ६९ करोड आठ लाख ७९ हजार रुपियाँ आम्दानी गरेको छ । समीक्षा अवधिसम्म आइपुग्दा नौ कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी बढेको छ । 

यस्तै, बाँकी नौ कम्पनीले भने आफ्नो वित्तीय विवरणमा अन्य स्रोतबाट हुने आम्दानी खुलाएका छैनन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी खानीखोला हाइड्रोपावरको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको यसै अवधिको भन्दा बढेको भने हैन् । केही समय अगाििड खानीखोलाकोको प्रतिसेयर आम्दानीलाई लिएर विवाद पनि चलेको थियो ।

खानीखोलाले नेपाल विद्युत प्राधिकरणको कमजोरीका कारण प्रसारण लाइन नबन्दा खेर गएको बिजुलीको रकम क्षतिपूर्ति पाउनुपर्ने भन्दै उक्त रकमलाई समेत वित्तीय विवरणमा समावेश गरेको थियो । तर, कम्पनी क्षतिपूर्ति आउनु अगाबै वित्तीय विवरणमा क्षतिपूर्तिको रकम वित्तीय विवरणमा समावेश गरेर लगानीकर्ताको आँखामा छारो हालेको भन्दै उक्त कम्पनीको आलोचनासमेत भएको थियो । चौथो त्रैमासिक प्रतिवेदनमा पनि उक्त रकमलाई समेत जोडेर कम्पनीले प्रतिसेयर आम्दानी ७१ रुपियाँ २१ पैसा देखाएको छ । सरकारबाट क्षतिपूर्ति नआउँदै आम्दानी देखाएर प्रतिसेयर आम्दानी बढि देखाएर अपारदर्शी प्रतिवेदन सार्वजनिक गर्न नहुने विश्लेषकहरूको भनाई छ । 

अघिल्लो आर्थिक वर्षको अन्यसम्म खानीखोलाको प्रतिसेयर आम्दानी ऋणात्मक थियो । यसअवधिमा ११ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । भने बाँकी कम्पनीको यस्तो आम्दानी घटेको छ । 

नाफा नोक्सान  कस्को कति ?
कुनै पनि कम्पनीको लाभांश क्षमता कस्तो छ ? भनेर अनुमान गर्न कुन कम्पनीले राम्रो नाफा आर्जन गरेको ? त्यो कुरा हेर्ने गरिन्छ । कुन कम्पनीले धेरै नाफा कमाएको छ ? त्यही हेरेर लगानीकर्ताले लगानी गर्ने गर्छन । गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद नाफा कमाउने जलविद्युत कम्पनीमा चिलिमे हाइड्रोपावर छ । समीक्षा अवधिसम्म कम्पनीले ७० करोड १८ लाख ३४ हजार रुपियाँ खुद नाफा कमाएको छ । 

तर, यस कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा घटेको छ । त्यस्तै, सबैभन्दा धेरै नाफा भएको दोस्रो कम्पनीमा रहेको बुटवल पावर कम्पनीले ५० करोड ४६ लाख १९ हजार रुपियाँ खुद नाफा कमाएको छ । यसअवधिमा नौ कम्पनीको खुद नाफा घटेको छ  भने ६ कम्पनी नोक्सानमा रहेका छन् । तीन कम्पनीले भने आफ्नो वित्तीय विवरणमा नाफा समावेश गरेका छैनन् ।

नाफा हजार रुपियाँमा 

Company Name  2077/078 2076/077 Change in %
Chilime Hydropower  701,834 745,590 -5.87
Butwal Power Company 504,619 731,284 -31
Sanima Mai Hydropower 406,898 366,839 10.92
Himalaya Urja Bikas  379,595 4,578 8191.72
Khanikhola Hydropower 331,623 -150,676  
Arun Kabeli Power 289,791 107,977 168.38%
Synergy Power  148,000    
Api Power Company 126,074 108,659 16.03
NgadiGroup Power 122,771 58,391 110.26
Mountain Energy Nepal 85,420 66,919 27 .65
Kalika power Company 81,728 51,132 59.84
Arun Valley Hydropower 80,768 69,864 15.61
Ru Ru Jalbidhyut  72,192 58,169 24.11
United Modi Hydropower 64, 279 61,363 4.75
Radhi Bidyut Company 61,453 74,043 -17
United ldi Mardiand RB  46,082 -41,409  
Panchthar Power 37,578 95,633 -60.71
Universal Power  33442 57107 -41.44
Mountain Hydro Nepal 18,612 -96,752  
Shiva Shree Hydropower 18,410    
Chhyangdi Hydropover 9,793 14,957 -34.53
Union Hydropower 7,607 17424 -56.34
Ankhu Khola Jalvidhyut  1,052 -31076  
Ghalemdi Hydro 17,244 30,159  
Himal Dolakha Hydropower 18,812 14,329  
National Hydro Power  22,182 10,496  
Dibyashwori Hydropower 30,345 43,466  
Sanjen Jalavidhyut  30,667 21,437  
Upper Tamakoshi  41,652 154063  
Greenlife Hydropower      
Himalayan Power Partner      
Singati Hydro Energy      
Joshi Hydro Power compny 3,571 -18456  
Panchakanya mai hydro  131 -40354  
Rairang Hydropower  59,018 12405 37.75
Rasuwagadhi hydro power  30,892 -73062  
Nepal hydro devloper  21,045 28590 -26.39
Barun hydro power  2,230 6350 -64.88

Advertisement

Advertisement