प्रकाश सपूतले उद्घाटन गरे ‘मेरो किसान मार्ट’

Advertisement

काठमाडौँ । ‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराको साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा मोडल प्रकाश सपूतले एक कार्यक्रमको बीच मार्टको उद्घाटन गरेका हुन् । 

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । करिव ३० लाख भन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट उद्घाटन भएको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

Advertisement

मार्टमा प्रतिकेजी १० रुपैयाँमा अर्गानिक गोलभेडा बिक्री भैरहेको मार्ट सञ्चालक विजय महतोले बताएका छन् । ‘दुख गर्ने किसान र ग्राहककोबीच हुने विचौलियाको कमिसनको अन्त्य गर्न गर्न मार्ट सञ्चालनमा ल्याएका हौँ’, सञ्चालक महतोले भने– ‘किसानले सिधै मेरो किसान मार्टमा ल्याएर बेच्न सक्छन् र ग्राहकले पनि सस्तो मूल्यमा स्वस्थ्य तयारकारी किन्न पाउनेछन् । बीचमा कुनै बिचौलियाको भूमिका हुँदैन ।’

मेरो किसान मार्टको शाखा  न्यू बानेश्वर, शंखमूल र सानेपामा रहेको छ । त्यसैगरी बुढानिलकण्ठमा र रानीवनमा समेत शाखा खोल्ने तयारी भैरहेको सञ्चालक महतोले बताए । 

Advertisement

Advertisement