दुवै हातबिना कीर्तिमानसहित चार स्वर्ण पदक जितेर चर्चित

Advertisement

एजेन्सी । टोक्यो पाराओलम्पिक्समा दुवै हात नभएका एक चिनियाँ खेलाडीले चार स्वर्ण पदक हात पार्दै कीर्तिमान कायम गरेका छन् । जेङ ताओ नाम गरेका उनले चार स्वर्णसहित कीर्तिमान कायम गर्र्दै चर्चा बटुल्न सफल भएका हुन् । 

बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका उनले फ्रिस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई प्रतिस्पर्धामा विश्व र पाराओलम्पिक कीर्तिमान भङ्ग गर्दै स्वर्ण जित्न सफल भएका हुन् । टोक्यो पाराओलम्पिकमा अन्तिम पटक प्रतिस्पर्धा गरिरहेका जेङले जितसँगै आफ्नी छोरीलाई पठाउँदै भिडियो भावुक सन्देश चीनमा भाइरल भएको छ । 

Advertisement

तेह्र बर्षदेखि नै पौडी खेल्न सुरु गरेका जेङले पारा ओलम्पिकमा पदक हात पार्न दैनिक १० किलोमिटरसम्म पौडिने गरेको बीबीसीले जनाएको छ । उनले सन् २०१२ देखि कै यस प्रतियोगितामा सहभागी हुँदै थुप्रै पदक बटुल्न सफल भइसकेका छन् । 

Advertisement

Advertisement