रोहित र सोमपालको उत्कृष्ट साझेदारीमा पीएनजीविरुद्ध नेपालको जीत

Advertisement

काठमाडौं । पपुवा न्यू गिनी (पीएनजी)विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले दुई विकेटको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले नेपाललाई १३५ रनको लक्ष्य दिएकोमा नेपालले ३९.३ ओभरमा लक्ष्य हासिल गरेको हो । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा रोहित पौडेल र सोमपाल कामीको ६३ रनको साझेदारीमा नेपालले जित हात पारेको हो । रोहितले ६५ बलमा ४१ रन बनाए भने सोपालले ३२ बलमा अभिजित २२ रन बनाए ।

Advertisement

पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनाएको थियो । पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए भने चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीबीच शुक्रबार दोस्रो खेल हुनेछ । 

Advertisement

Advertisement