नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । बिहीबार बिहान राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । 

शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायाधीसलगायतको उपस्थिति थियो । 

Advertisement

Advertisement

Advertisement