'क्रिप्टोकरेन्सी'को कारोबार गैरकानूनी हो, कसैले गरेमा कारवाही हुन्छः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी भएकोले यसको कुनै पनि करोबार नगर्न र नगराउन सार्वजनिक सूचना जारी गरेको छ । नेपालमा क्रिप्टोकरेन्सी कारोबार बढ्न थालेसँगै राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार सूचना सार्वजनिक गरेर नेपालमा कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाइने स्पष्ट पारेको हो । 

यसको कारोबार, प्रयोग माइनिङ सबै गैरकानूनी रहेकोले यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न नगराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ विपरित कसैले यस्तो कारोबार गरेमा मुद्रा अपचलनको मुद्दा लगाएर कारवाही गर्न सक्ने व्यवस्था छ ।

Advertisement

कसैले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग वा माइनिङ गरे कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ । क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएको र यसबाट सर्वसाधारण ठगिएको र ठगिन सक्ने देखिएकोले कारोबार नगर्न आग्रह गरिएको हो । 

Advertisement

Advertisement