छ महिनासम्मलाई पाइने ‘टीआर’ कर्जा अब तीन महिनालाई मात्रै, आयात व्यवसायमाथि कडाई

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट कर्जा (टीआर लोन) लाई परिमार्जन गरेर तीन महिनासम्म मात्रै लिन पाइने व्यवस्था गरेको छ । यस अघि आयात व्यवसायीले ६ महिनासम्मलाई लिन पाउने यस्तो कर्जा राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई ९० दिनको मात्रै जारी गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको यस्तो निर्देशनले हाल १८० दिनको लागि पाइने यस्तो कर्जा अब ९० दिनलाई मात्रै लिन पाइने व्यवस्था गरेको हो । राष्ट्र बैंकको यो व्यवस्थाले तरलता अभाव बढेकोले यसलाई नियन्त्रण गर्न आयात व्यवासायीलाई दिने कर्जामााथि कडाई गरेको देखिन्छ ।

Advertisement

राष्ट्र बैंकले एक वर्ष अगाडि मात्रै ९० दिनलाई पाइने यस्तो कर्जाको अवधि ९० दिन नै थप गरेर १८० दिन पुराएको थियो । अहिले फेरि ९० दिनमै झारेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशिकमा टीआर ऋणको सिमालाई ९० दिनमा झारिएको उल्लेख छ । 

विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले यस्तो ऋण लिने गर्छन् । सामान आएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सीमा राष्ट्र बैंकले ९० दिनलाई राखिदिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार आयातकर्ताले ९० दिनको लागि मात्रै बैंकहरुबाट विदेशी मुद्रामा ऋण लिन पाउने र यस्तो ऋणको ब्याजदर बैंकहरू आफैंले निर्धारण गर्न सक्ने व्यवस्था पनि गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको सोही निर्देशनमा राष्ट्रिय गौरवका आयोजनाहरूले ‘राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७५ अनुसार विदेशी संस्थाहरूलाई गर्ने भुक्तानी वाणिज्य बैंकहरूबाट सोधै लिन पाउने व्यवस्था गरिदिएको छ । यसका लाग तोकिएको कागाजत भने पूरा गर्नुपर्ने छ । 

Advertisement

Advertisement