सार्वजनिक संस्थानलाई कम्पनी बनाएर पुँजी बजारमा सूचीकृत गराइने

Advertisement

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत सरकारी स्वामित्वका सार्वजनिक संस्थानलाई कम्पनी मोडलमा परिणत गर्दै पुँजी बजारमा सूचीकृत गराउने योजना सार्वजनिक गरेको छ । 

सरकारी मातहतका सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकताअनुसार कम्पनी मोडलमा रुपान्तरण गर्ने र पुँजी बजारमा सूचीकृत गर्ने योजना अगाडि सारेको छ । यसले सार्वजनिक संस्थान आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बन्ने गठवन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माको विश्वास छ । 

Advertisement

पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने भन्दै उनले यो योजनाका कारण सार्वजनिक संस्थानलाई पहिले सरकारी स्वामित्वको कम्पनी बनाउने र त्यसपछि निजीकरण गर्दै आईपीओमार्फत सर्वसाधारण जनतालाई सेयर दिनेसम्मको उद्देश्य रहेको योजना सुनाएका छन् । 

सरकारको यो योजनाले वायुसेवा निगम सहितका संस्थानलाई कम्पनी बनाउन सहज हुने देखिएको छ । निगमका कर्मचारीहरू कम्पनीकरण र निजीकरणको विरोधमा लामो समयदेखि आन्दोलित छन् । 

Advertisement

Advertisement