सामाजिक सञ्जालमार्फत हुने आयमा कर लाग्ने, अब युट्युवरले एक प्रतिशत कर तिर्नुपर्ने

Advertisement

काठमाडौं । सरकारले पहिलोपटक सामाजिक सञ्जालमार्फत हुने श्रब्यदृश्य सामग्री अपलोडमार्फत हुने आयमा कर लगाउने भएको छ । यो व्यवस्थाले अब युवट्युवमार्फत हुने आयमा एक प्रतिशत कर तिर्नुपर्ने भएको छ ।

युट्युबसहित सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत प्राप्त हुने विदेशी मुद्रामा अब एक प्रतिशत कर लाग्ने व्यवस्था सरकारले प्रतिस्थापन आर्थिक विधेयकमार्फत गरेको हो । नेपाल सरकारले पहिलो पटक सामाजिक सञ्जालमार्फत हुने आयमा कर लगाउने व्यवस्था गरेको हो ।

Advertisement

बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा एक प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको बताएका छन् ।

यो व्यवस्थापछि अब सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि युट्युवमार्फत हुने आम्दानी नेपाली बैंक तथा वित्तीय संस्थामार्फत आउने र सो आम्दानीमा कर कट्टि गरेर मात्रै सम्बन्धित व्यक्तिले पाउने भएका छन् । 
 

Advertisement

Advertisement