पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

इस्लामाबाद (एएफपी) । पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ।     
     
उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानका अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ।     

विमान (ए ३२०)ले सेप्टेम्बर १३ मा इस्लामावाददेखि काबुलको उडान गर्ने छ ।