संखुवासभा हत्याकाण्डः आफ्नै काकाको परिवार सखाप पार्ने अभियुक्त सार्वजनिक

Advertisement

काठमाडौं । आफ्नै काकाको परिवारलाई सखाप पार्ने  सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । 

छ जनाको परिवारलाई सामुहिक हत्या गरेको आरोपमा जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले २६ बर्षीय कार्कीलाई आइतबार सार्वजनिक गरेको हो । उनले आफ्नै काका तेजबहादुरसहित उनको छ जनाको परिवारको गएको सोमबार सामुहित हत्या गरेको प्रहरीको प्रारम्भिक निचोड छ । 

Advertisement

मारिनेमा ५२ बर्षीय तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ बर्षीय बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात बर्षीया नातिनी गोमा कार्की छन् ।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको छ । खेताला खोज्न बिहानै लोकबहादुरको घरतर्फ उक्लिने क्रममा लोकबहादुरले तेजबहादुरलाई आक्रमण गरेको र उनी कराएसँगै आएका उनका परिवारले पनि देखेपछि बाँकी परिवारको पनि हत्या गरेको प्रहरीको भनाई छ । 

आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीको बयानमा लोकबहादुरले बताएको जनाइएको छ । 

Advertisement

Advertisement