साउनमा २७ वाणिज्य बैंकले छ अर्ब ३० करोड कमाए, मुलुककै जेठो नेपाल बैंक भने नोक्सानमा

Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो महिना साउनमा अधिकांश वाणिज्य बैकले नाफा गरेका छन् । तर मुलुकको जेठो नेपाल बैंक भने नोक्सानमा देखिएको छ । 

साउनमा २६ वाणिज्य बैंकले छ अर्ब ३० करोड ९७ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । तर नेपाल बैंक भने एक करोड एक लाख रुपियाँ नोक्सानमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ । 

Advertisement

साउनमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकले ६१ करोड नौ लाख रुपियाँ खुद नाफा कमाउन सफल भएको छ ।
 
यस्तै, धेरै नाफा आर्जन गर्ने दोस्रो बैंक ग्लोबल आइएमई रहेको छ । यस बैंकले ४८ करोड ४६ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यसपछि क्रमशः एनआईसी एशिया बैंकले ४१ करोड तीन लाख र सिद्धार्थ बैंकले ३२ करोड ६१ लाख रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।

साउनमा प्राइमले ३० करोड ३८ लाख रुपियाँ, एनएमबिले ३० करोड १९ लाख रुपियाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २९ करोड १३ लाख रुपियाँ, एभरेष्ट बैंकले २८ करोड ९३ लाख रुपियाँ, मेघा बेंकले २८ करोड ४० लाख रुपियाँ र प्रभु बैंकले २७ करोड ४८ लाख रुपियाँ खुद नाफा आर्जन गरेका छन् । 

त्यस्तै, सानिमाले २६ करोड ६४ करोड रुपियाँ, कृषि विकासले २६ करोड १७ लाख रुपियाँ, कुमारी बेंकले २५ करोड ७२ लाख रुपियाँ, सिटिजन्स बैंकले २४ करोड ४८ लाख रुपियाँ र माछापुच्छ्रे बैंकले २२ करोड ६९ लाख रुपियाँ, लक्ष्मी बैंकले २१ करोड ४८ लाख रुपियाँ, सनराइज बैंकले १८ करोड ८३ लाख रुपियाँ, एनसीसी बैंकले १६ करोड पाँच लाख रुपियाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ करोड आठ लाख रुपियाँ, नेपाल एसबीआई बैंकले १३ करोड ९८ लाख रुपियाँ, हिमालयन बैंकले १३ करोड १३ लाख रुपियाँ र सिभिल बैंकले १० करोड ७८ लाख रुपियाँ खुद नाफा आर्जन गरेका छन् ।

साउनमा सबै भन्दा कम नाफा आर्जन गर्ने तीन बैंकमा अफ काठमाण्डू, सेञ्चुरी र राष्ट्रिय वाणिज्य बैंक छन् । यी बैंकले १० करोड रुपियाँभन्दा थोरै नाफा कमाएका छन् । यस महिनामा बैंक अफ काठमाण्डूले नौ करोड रुपियाँ, सेञ्चुरी बैंकले सात करोड रुपियाँ र राष्ट्रिय वाणिज्य बैंकले सात करोड रुपियाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ । 

२७ वाणिज्य बैंकको नाफा रु. लाखमा 

Bank name  Net Profit 
Nabil Bank 6,109
Global IME Bank 4,846
N IC Asia  Bank 4,103
Sidd hartha Bank  3,261
Prime Commercial Bank 3,038
NMB Bank 3,019
Nepal Investment bank 2,913
Everest bank 2,893
Mega Bank  2,840
Prabhu Bank 2,748
Sanima Bank 2,664
Krishi Bikash Bank 2,617
Kumari Bank 2,572
Citizens International Bank 2,448
Machhapuchhre Bank 2,269
Laxmi Bank 2,145
Sunrise Bank 1,883
NCC Bank 1,605
Standard Chartered Bank 1,508
Nepal Bangladesh Bank 1,438
Nepal SBI Bank 1,398
Himalayan Bank 1,313
Civil Bank 1,078
Bank of Kathmandu 937
Century Bank 730
Rast riya Banijya Bank 722
Nepal Bank -101
Total 63097

 

Advertisement

Advertisement