प्रतिस्थापन विधेयकको उद्देश्य पूरा गर्ने गरी मौद्रिक नीतिको समीक्षा गर्छौंः गभर्नर अधिकारी

Advertisement

काठमाडौं  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट प्रतिस्थापन विधेयकको उद्देश्य पूरा गर्न तीन महिनाभित्र मौद्रिक नीतिको समीक्षा गरिने बताएका छन् । आइतबार अर्थमन्त्रालमा आयोजित पत्रकार सम्मेलनमा बजेट प्रतिस्थापन विधेयकले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीतिको समीक्षा गर्ने बताएका हुन् ।

सरकार परिवर्तन भएसँगै चालु आर्थिक बर्षमा ढिलो गरी मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले गठवन्धन सरकारबाट बजेट परिमार्जन भएपछि सो अनुकुल मौद्रिक नीतिमा परिवर्तन गर्ने संकेत गरेको छ । 

Advertisement

प्रतिस्थापन विधेयकले सात प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको छ । यसअघिका अर्थमन्त्री बिष्णु पौडेलले ६.५ प्रतिशतको यस्तो लक्ष्य राखेका थिए । सरकारले बजेट संशोधन गर्ने अनुमानकै आधारमा राष्ट्र बैंकले साउन पहिलो साताभित्रै ल्याउनुपर्ने मौद्रिक नीतिलाई साउनको अन्तिममा सार्वजनिक गरेको थियो ।

सरकारले बजेट संशोधन गरेकोले अब सोही अनुसारको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमा आवश्यक संशोधन गर्नसक्ने जानकारी गभर्नर अधिकारीले दिए । 

Advertisement

Advertisement