कोरोना बीमाको ११ अर्ब सरकारले भुक्तानी नदिने, एक लाख बीमित के गर्लान ?

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोरोना बीमाको दायित्व भुक्तानी गर्न नसक्ने बताएका छन् । ११ अर्ब रुपैयाँ कोरोना बीमाको दात्यिव भएको र यो धेरै ठूलो दायित्व आएकोले धान्नै नसकिने अवस्था भएकोले पनि भुक्तानी हुन नसक्ने बताएका हुन् । उनले भने ‘कस्तो परिस्थितिमा महामारीको बीमा गरिएयो भन्ने नै हाम्रो लागि ठूलो प्रश्न बनेको छ ।’

शर्मामाले भने ‘अहिले आएको दायित्व एकदुई अर्र्ब रुपियाँको भए पनि धान्न सकिने थियो ।’ धेरै ठूलो दायित्व भएकोले धान्न नसकिने हुँदा पनि भुक्तानी हुन नसक्ने अर्थमन्त्री शर्माले स्पष्ट पारेका छन् । यो दायित्व अझै बढ्दै छ भन्ने छ । अझै केही रकमको दायित्व बढ्दै गरेकोले अहिले भुक्तानी गर्न नसकिने भएकोले यो सरकारको लागि गम्भिर र सोचनीय विषय भएको पनि मन्त्री शर्माले बताए ।

Advertisement

पछिल्लो समय बीमा कम्पनीहरूमा दाबी परेको करिब एक लाख जनाको कोरोना बीमाको रकम भुक्तानी गर्न बाँकी छ । बीमा कम्पनीले दायित्व भुक्तानी गर्न नसकेका र सरकारले गर्ने भनेर सुरुमै भएको सहमति अनुसार सरकारको दायित्व भएपनि सरकार भने यो दायित्वबाट पन्छने खोजिरहेको छ । 
 

Advertisement

Advertisement