राप्ती हाइड्रोले आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

Advertisement

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो । 

Advertisement

कम्पनी यसअघि नै मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

Advertisement

Advertisement