आफ्नो विरोधमा जारी संसद अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक, ओली नजाने

Advertisement

काठमाडौं । आफ्नो विरोधमा प्रमुख जिपक्षी दल एमालेले गर्दै आएको संसद अवरोध हटाउन सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न २ः३० बजेका लागि बैठक बोलाए पनि एमाले अध्यक्ष केपी ओली भने बैठकमा नजाने भएका छन् । 

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ । छलफलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेतालाई बोलाइएको छ । 

Advertisement

आफूले कारवाहीस्वरुप साँसद पदबाट हटाउन सिफारिस गरेका माधव नेपालसहित १४ जनाको सुचना नटाँसेको भन्दै एमालेले सभामुखको विरोध गर्दै आएको छ । सोही विरोधमा उसले संसद् बैठक सुरु भएदेखि नै अवरोध गर्दै आएको छ । आइतबार पनि संसद् बैठक दुई पटक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भयो । 

Advertisement

Advertisement