स्टिल उद्योगलाई कर सहुलियत दिने सरकारको निर्णयप्रति आइरन उद्योगीहरू रुष्ट

Advertisement

काठमाडौं । सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’को आयातमा लाग्दै आएको भन्सार महशुल शुन्य गर्ने र आयातित बिलेटमा लाग्ने अन्तःशुल्कसमेत बढाउने निर्णय गरेपछि आइरन उद्योगीहरू रुष्ट भएका छन् । 

सरकारले आयात प्रतिस्थापन गर्ने भन्दै स्टिल उद्योगले उत्पादन गर्ने बिलेटका लागि  आवश्यक कच्चा पदार्थ आयातमा कर सहुलियत दिने र सिधै बिलेट आयात गर्दा लाग्ने अन्तःशुल्क बढाउने कुराले छ वटा स्टिल उद्योगलाई मात्रै फाइदा हुने तर ३० वटा फलाम उद्योगलाई असर पर्ने बताएका छन् । 

Advertisement

सरकारको निर्णय विरोध गर्नेमा साःख स्टिल इन्डष्ट्रिज, पञ्चकन्या स्टिल, हामा आइरन एण्ड स्टिल इन्डष्ट्रिज, प्रिमियर स्टिल, हिमाल आइरन एण्ड स्टिल, सिद्धि लक्ष्मी स्टिल, प्रिमियर स्टिल, जगदम्बा इन्टरप्राइजेज रहेका छन् । उनीहरूले पत्रकार सम्मेलन गर्दै सरकारको निर्णयको आलोचना गरेका हुन् । 

यस्तो छ उनीहरूको विज्ञप्तिः 

Advertisement

Advertisement