दशैं-तिहारमा ‘होण्डाको साथ ७’ स्किम, भाग्यशाली ग्राहकलाई १५ लाखसम्म नगद पुरस्कार

Advertisement

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ग्राहकवर्गहरु माझ ल्याएको छ । 

नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई रु. १ लाख प्रदान गरिनेछ । 

Advertisement

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्राच कुपन मार्फत हात खाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।
  
त्यसैगरी होण्डा बिग बाइकको खरिदमा रु.४०,००० सम्मको क्यास ब्याक पाउन सक्ने छन् । यति मात्र नभई यस योजनामा मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १% ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।  

बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । 


 

Advertisement

Advertisement